स्थानीय चुनावको घोषणापत्र बनाउन एमालेले बनायो कार्यदल

१० चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र […]

सम्बन्धित सामग्री

नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको निर्वाचनका लागि घोषणापत्र मस्यौदा गर्न १७ सदस्यीय कार्यदल गठन गरेको छ। स्थायी कमिटीको शनिबार बसेको बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यहरुमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, […]

कांग्रेसकाे 'सङ्कल्प' : नगर्ने काम नभन्ने

काठमाण्डाै – ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आइतवार आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी 'सङ्कल्प'को नाम दिएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो ।  पार्टीको नीति...

घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन

एमालेले स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र मस्यौदा गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। केन्द्रीय बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो।कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेताहरू देवेन्द्र दाहाल, मनोजजंग थापा, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्र

एमालेले बनायो निर्वाचन घोषणापत्र लेखनको लागि कार्यदल, युवराज खतिवडा पनि समावेश

फाइल फोटोनेकपा (एमाले) ले निर्वाचन घोषणापत्र मस्यौदाका लागि कार्यदल गठन गरेको छ । पार्टीको आज बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, नेताहरु देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजङ्ग थापा, प्रभा बराल, डा दिनेशचन्द्र देवकोटा र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा रहेका छन् । बैठकले निर्वाचनको घोषणापत्रलाई चाँडै अन्तिमरुप दिन सचिवालयलाई अधिकार दिएको छ । बैठकले आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिँएको छ । बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने विभिन्न ११ बँुदे कार्यसूचीमा निर्णय गरेको छ । सबै कार्यसूची सर्वसम्मतिले पारित गर्दै एकै लय तालका साथ जनताको घरदैलोमा जान र उनीहरुका समस्या बुझ्न बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ । बैठकको समापनका अवसरमा अध्यक्ष ओलीले आशन्न निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुनुपर्ने, पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुन निर्देशन दिएका थिए । बैठकले पार्टीका सार्वजनिक कार्यक्रममा कम्तीमा पाँच जना वक्ता रहने, माला र खादाको प्रयोगमा कमी गर्ने, कार्यक्रम छिटो, छरितो बनाउने र मञ्चमा वक्तालाई मात्र राख्नुपर्ने जस्ता निर्वाचन लक्षित कार्यक्रमका विषयमा निर्णय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले स्थानीय तहको उम्मेदवारको ६ मापदण्ड पारित गरेको छ । यही चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न तथा वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने उल्लेख छ । प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्र्रीय कमिटीले निर्णय गर्नेछ ।पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा (वैशाख ९ गते) सात सय ५३ स्थानीय तहमा एकैदिन देशव्यापी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने र सो दिवसलाई ज्येष्ठ कम्युनिष्टको सम्मानसहित सृजनात्मकरुपमा मनाउने निर्णय गरेको छ । बैठकले विभिन्न विभागमा सदस्यको मनोनयन र पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।

घोषणापत्र बनाउन ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले बनायो कार्यदल

वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको हो ।

चुनावी घोषणापत्र तयार गर्न एमालेले बनायो कार्यदल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको घोषणापत्र तयार गर्न कार्यदल गठन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल सदस्य छन् । यस्तै, कार्यदलमा प्रभु...

चुनावी घोषणापत्र बनाउन एमालेले ईश्वरको नेतृत्वमा बनायो कार्यदल

काठमाडौं : नेकपा एमालेले चुनावी घोषणापत्र तयार गर्नका लागि कार्यदल गठन गरेको छ। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली,विष्णु रिमाल,नेताहरू देवेन्द्र दाहाल,मनोजजंग थापा,पूर्व-अर्थमन्त्री डा.युवराज खतिवडा,राप्ती नगरपालिकाकी मेयर प्रभा बराल, बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व-कार्यकारी अधिकृत सुशील ज्ञवाली रहेकाे एमाले प्र