आइपुग्यो अमेरिकी सहयोगका सामान ल्याएको पहिलो जहाज

कोरोनाभाइरसको संक्रमणविरूद्ध लड्न अमेरिकाले पठाएको सामानहरूमध्ये केही सामान बोकेर पहिलो जहाज काठमाडौं आइपुगेको छ।

सम्बन्धित सामग्री

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले मंगलबार ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो । एयरलाइन्सले क्यानडाको डी हाभिलैण्ड अफ क्यानडाद्वारा निर्मित ‘ड्यास एट’ जहाज ल्याएको छ । ती जहाजको कलसाइन नाइनएन–एओके र नाइनएन–एओएल रहेको श्री एयरलाइन्स लिमिटेडका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । ती जहाज …

मुसा निकालेपछि बुद्धको जहाज काठमाण्डौ ल्याइयो

काठमाण्डाै – बुद्ध एअरले जहाजमा रहेको मुसा बाहिर निकालेर जहाज काठमाण्डौ ल्याएको छ ।हिजो शनिवार जनकपुरमा रोकिएको जहाजको ट्र्यापमा आज आइतवार बिहान भेटिएको मुसालाई बाहिर निकालिएको बुद्ध एअरले जनाएको छ । मुसा निकालेपछि जहाजलाई सम्पूर्ण जाँच गरी दुई/तीन घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको कम्पनीले जनाएको छ । आज दिउँसो प्रशिक्षक, चालक र प्राविधिक टाेलीले जहाजलाई काठमाण्डाै ल्याएको छ । जहाजलाई थप निरीक्षण गरी पुनः व्यावसायिक उडान थालिने बुद्ध एअरले जनाएको छ ।बुद्ध एअरलाइन्सले यात्रुलाई आफ्नो ब्याग...

बुद्ध एयरले ल्यायो अर्को नयाँ जहाज

काठमाडौं । बुद्ध एयरले अर्को नयाँ जहाज ल्याएको छ । बुद्धले शुक्रबार एटीआर–७२ जहाज ल्याएको हो । योसँगै अब बुद्धको जहाज संख्या १५ पुगेको छ । जसमा १२ वटा एटीआर–७२ छन् । एटीआर–४२ जहाज तीन वटा छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो । नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर एक […]

टर्बो जहाज थपेसँगै एयरलाइन्सको जहाज संख्या ८ पुग्यो

माघ १६, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले शुक्रवार टर्बाे जहाज थपेसँगै कम्पनीसँग जहाजको संख्या ८ पुगेको छ । केही साता अघिमात्रै एउटा जहाज ल्याएको उक्त कम्पनीले शुक्रवार मात्रैथप एउटा जहाज काठमाडौंमा ल्याएको हो । कम्पनीले टर्बाे प्रो क्यु ४०० जहाज नेपालमा ल्याएको हो । तुम्लिंटार तथा सुर्खेत विमानस्थलमा समेत नियमित उडानहरु सञ्चालन गर्न पर्यटन व्यवसायी र यात्रुबाट पनि माग आएको कम्पनीले उल्लेख गरेको छ ।  आन्तरिक तथा अन्तरराष्ट्रिय गन्तव्यहरुका लागि उपयुक्त विमान भएकाले थप एउटा जहाज थपिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।  २०१७ देखि सिआरजे २०० र सिआरजे ७०० जेट विमानहरुबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, राजविराज उडान गर्दै आएको उक्त कम्पनीले २०१९ देखि भने यी सेक्टरबाहेक पोखरा, जनकपुर, सिमरामा उडान विस्तार गरेको छ ।

जहाज थप्दै वायुसेवा कम्पनीहरू

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बढी प्रभावित उड्डयन क्षेत्रले विस्तारै गति लिँदै गर्दा निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरू थप जहाजका साथसाथै गन्तव्य विस्तारमा पनि अग्रसर देखिन थालेका छन् । बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरका साथसाथै आप्mनै ब्रान्ड फर्किएको गुण एयरलाइन्सले समेत जहाज थप्ने र नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेका छन् । कोरोना भाइरस संक्रमण उच्च हुँदा आन्तरिक उडानसमेत बन्द गरिएको र यो अवधिमा निजी वायुसेवा कम्पनीले रू. २५ अर्ब बराबरको आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, कोरोना भाइरसको संक्रमण कम हुँदै आएपछि उड्डयन क्षेत्रले गति लिन थालेको छ । हवाई क्षेत्रले गति लिन थालेपछि निजीक्षेत्रका वायुसेवा कम्पनीहरूले जहाज ल्याउने योजना अघि बढाएका छन् । शनिवार मात्रै श्री एयरलाइन्सले एउटा जहाज ल्याएको छ । उक्त कम्पनीका प्रवक्ता अनिल मानन्धरले जहाज ल्याएपछि नयाँ गन्तव्य सुर्खेत, तुम्लिङटार र भरतपुरमा उडान गरिने जानकारी दिए । शनिवार राति टर्बाेप्रोप जहाज नेपाल ल्याइसकेको र अर्काे जहाज जनवरी महीनाभित्र आइपुग्ने जानकारी उनले दिए । अहिले जहाजको संख्या कम भएको र बजारमा माग पनि बढेको हुँदा जहाज थपिएको उनको भनाइ छ । हवाई सेवामा दोस्रो बजार अंश ओगटेको यति एयरलाइन्सले पनि सन् २०२२ अर्थात् अबको १ वर्षभित्र ४ ओटा जहाज थप्ने तयारी गरेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अबको ४/५ महीनाभित्र दुईओटा जहाज ल्याउने र १ वर्षभित्रमा थप २ गरी चारओटा जहाज किन्ने तयारी गरिएको जानकारी दिए । २०२२ मै चारओटा जहाज थप्ने तयारी गरेको यतिले एटीआर जहाज ल्याउनेछ । यसमध्ये २ ओटा एटीआर–४७ र २ ओटा एटीआर–७२ जहाज हुन् । पहिलो चरणमा ल्याउने दुईओटा जहाज भने एटीआर–४७ र एटीआर–७२ रहेको बर्तौलाले जानकारी दिए । यतिसँग ७२ सीट क्षमताका पाँचओटा एटीआर जहाज छन् । आन्तरिक उडानमा दोस्रो स्थानमा रहेको यतिसँग जहाजको संख्या घटेपछि सन् २०२२ भित्र नै ती जहाज थप्दै छ । ‘जहाज थपेसँगै गन्तव्य विस्तार गर्ने योजना पनि छ,’ बर्तौलाले भने, ‘साथै हामीले उडान गर्न नसकेका गन्तव्यमा पनि उडान विस्तार गर्नेछौंं ।’ यतिले जहाजको संख्या घटेपछि नियमित उडान गर्दै आएको भरतपुर र तुम्लिङटार उडान गर्न सकेको छैन । जहाज आएपछि ती दुई गन्तव्यमा निरन्तर उडान हुने उनले बताए । यसैगरी नयाँ गन्तव्य सुर्खेत र धनगढीमा उडान गर्ने योजना रहेको उनको भनाइ छ । भगिनी संस्था तारा एयरका गरी यतिसँग १० ओटा जहाज थिए । तर, ताराका पाँचओटा जहाज गुण एयरलाइन्सलाई विक्री गरेपछि यतिका जहाजको संख्या घटेको हो । आन्तरिक उडानतर्फ दोस्रो बजार अंश ओगटेको यतिसँग जहाजको संख्या घटेपछि बजारअंश पनि घटेको छ । जहाज विक्री नहुँदासम्म ३१ प्रतिशत बजार अंश रहेको तर जहाजको संख्या पनि घटेपछि उसको बजार अंश २४ प्रतिशतमा सिमित भएको छ । विदेशी पर्यटक नआए पनि नेपाली यात्रु तथा आन्तरिक पर्यटकबाट नै उड्डयन क्षेत्र टिक्न सक्ने स्थिति देखिएको बताए । आन्तरिक उडानमा अग्रणी बुद्ध एयरले पनि थप चारओटा जहाज ल्याउने योजना अघि सारिसकेको छ । दुर्गम क्षेत्रलाई लक्षित गरेर उडान गर्ने योजनाअनुसार कम्पनीले १९ सीटे ट्वीनअटर जहाज ल्याउने तयारी गरेको हो । नयाँ गन्तव्य थपिँदा र क्षेत्रीय उडानहरू गर्दा पनि दैनिक ३÷४ ओटा प्mलाइट हुने भएकाले जहाज थप्न निजीक्षेत्रका एयरलाइन्स कम्पनीहरू अग्रसर देखिएका हुन् ।

चीनबाट ल्याएको ४४ लाख डोज खोप ४ असोजदेखि लगाइने

काठमाडौँ– चीनबाट खरिद गरिएको ४४ लाख कोभिड–१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौँ आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो । सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।

भारतले सेनाको जहाज लगेर काबुलबाट यसरी उद्धार गर्‍यो आफ्नो नागरिक

भारतीय सेनाको जहाजमार्फत अफगानिस्तानबाट १६८ जना मानिसलाई उद्धार गरी भारत ल्याएको छ। काबुलबाट एअर फोर्स सी-१७ जहाजमार्फत उडेको जहाज केही बेरअघि गाजियावादको हिन्दोनमा अवतरण भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ। उक्त विमानमा १०७ जना भारतीय नागरिक रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जनाए। पछिल्लोपटक भारतले आफ्ना नागरिकको धमाधम…

स्वास्थ्यसामाग्री लिन निगमको जहाज शनिबार सिंगापुर जाने

काठमाडौं। नेपाल वायुसेवा निगमको जहाजले आगामी शनिबार सिंगापुर गई स्वास्थ्यसामाग्री ल्याउने भएको छ। सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्यसामग्री लिन निगमले जहाज पठाउन लागेको हो। शनिबार बिहान ८ बजे उडान गर्ने र सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्यसामग्री ल्याउने तयारी निगमको छ। निगमले केही दिनयता चीनबाट दुई हजार ३३५ अक्सिजन सिलिण्डर र ओमानबाट ५६० अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ।

जहाज ल्याएको चार महिनापछि उडान अनुमति

निजी हवाई सेवाप्रदायक कम्पनी श्री एयरलाइन्सले जहाज ल्याएको चार महिनापछि आन्तरिक उडानमा अनुमति (एओसी) पाएको छ । १७ वर्षदेखि हेलिकोप्टर