काठमाडौं। विगत केही समययता भारतसँग नेपालको व्यापारमा ठूलो असन्तुलन देखिन थालेको छ । आर्थिक वर्ष सन् १९९९/२००० मा नेपाल–भारत व्यापारमा निर्यात आयात अनुपात १:१.८७ रहेकोमा सन् २०१७/१८ मा यो अनुपात १:१७.४१ को अधिकतम विन्दुमा पुगेको थियो । सन् २०१८/१९ मा पाम तेल, सोयाबिन तेल र सूर्यमूखी तेलका कारण यो अनुपातमा केही सुधार जस्तो देखिए तापनि पुन: निर्यात आयात अनुपातमा वृद्धि हुन थालेको छ ।
मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछिको पहिलो निर्वाचित सरकारका अर्थमन्त्री महेश आचार्यले चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन बढेको बताउनुभएको छ । सोमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका नेता समेत रहनुभएका उहाँले देशको अर्थतन्त्रमा सुधार ल्यांदै सो धारणा राख्नुभएको हो । उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक …
चालू आर्थिक वर्ष सकिन एक महिनाभन्दा पनि कम समय बाँकी छ । चालू आर्थिक वर्षमा बजेट खर्चको स्थितिलाई हेर्दा अत्यन्तै न्यून देखिएको छ । साथै सरकारी खर्चमा देखिएको असन्तुलनले सरकारमाथि चर्को दबाबसमेत सिर्जना गरेको छ । ११ महिनाको अवधिमा जम्मा ६५ प्रतिशत मात्रै बजेट खर्च हुँदा विकासको सपना मात्रै होइन सरकारले लिएको आर्थिक वृद्धि र […]
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले सुदूरपश्चिम प्रदेश सरकारको बजेट र खर्चबीच असन्तुलन सिर्जना भएको बताएका छन् । प्रदेश सभाको शनिबार बसेको बैठकमा मन्त्री शाहीले विशेष प्रस्ताव पेश गर्दै संघीय सरकारले बजेट कटौती गरेका कारण स्रोत र खर्चको असन्तुलन बिग्रिएको बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा पाँच अर्ब ६० करोड बजेट डिस्ब्यालेन्स हुने […]
नेपालमा लिङ्ग (छोरा वा छोरी) पहिचान गरी गरिने गर्भपतनका कारणले लैङ्गिक असन्तुलन देखिन थालेको छ । लिङ्ग पहिचान गरी गरिने गर्भपतनले गर्दा छोराको सङ्ख्या बढ्दै गएकाले लैङ्गिक असन्तुलन देखिन थालेको हो । नेपाली समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेदपूर्ण व्यवहारका कारणले छोरा जन्माउनै पर्ने कारणले गर्दा लैङ्गिक असन्तुलन हुनसक्ने देखिएको हो । स्वास्थ्य …
आम्दानी र खर्चबीचको असमानताका कारण सरकार वित्त असन्तुलनमा फसेको छ । सरकारले बजेटमा राखेको लक्ष्यअनुसार न राजस्व असुली गर्न सकेको छ, न त चालू खर्च नियन्त्रणमा सफलता पाएको छ । यस वर्ष करिब १८ खर्ब रुपैयाँको बजेट बनाएको सरकारले स्रोत जुटाउन सक्ने अवस्था छैन । बजेटमा राखिएका खर्च भइरहने तर स्रोत सुक्दै गएपछि सरकार समस्यामा […]
१८ असार, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आर्थिक वर्ष २०७९–८० मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने हो भने व्यापार असन्तुलन झन् बढ्ने बताएका छन् । मदन भण्डारी वौद्धिक मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा उनले आर्थिक वृद्धिमा मात्र ध्यान दिने हो भने सरकारले भनेझैं आत्मनिर्भर अर्थतन्त्रको बाटोमा जान नसक्ने बताए । ‘यदि […]
काठमाडौं (अस) । कृषि क्षेत्रमा चालिएका अदूरदर्शी कदमका कारण नेपालमा तेलहनजन्य क्षेत्रमा गम्भीर खालको असन्तुलन देखिएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब २ लाख ४७ हजार मेट्रिकटन असन्तुलन रहेको तेलहन क्षेत्रमा यो खाडलमा ठूलो वृद्धि भई सन् २०२०/२१ मा करीब ६ लाख ३० हजार मेट्रिक टन पुगेको छ । मूल्यतर्फ आर्थिक वर्ष सन् २००८/०९ मा करीब १५ अर्ब रहेको असन्तुलन रहेको तेलहन क्षेत्रमा यो खाडल बढेर आर्थिक वर्ष सन् २०२०/२१ मा रू. ४२ अर्ब पुगेको छ । यो आँकडाले नेपालमा तेलहन क्षेत्रमा व्यावसायिक लगानीको खाँचो र अवसर दुवै रहेको पुष्टि गर्दछ ।
दुई वा दुईभन्दा बढी देशबीच हुने व्यापार वैदेशिक व्यापार हो । यो अन्तर्राष्ट्रिय व्यापार पनि हो । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकाले आज प्रत्येक देशले विभिन्न देशसँग व्यापार गरिरहेको छ । हाम्रो जस्तो देशको अर्थ व्यवस्थामा वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका रहन्छ । आन्तरिक बजार सीमित भएकोले देशभित्र खपत हुन नसकी बाँकी […]
The post वैदेशिक व्यापारमा आयात–निर्यात असन्तुलन appeared first on राजधानी राष्ट्रिय दैनिक.
देशैभर ऋण लिन चाहनेको संख्या बढी र ऋण दिन नसक्ने बैंकको अवस्थाले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आर्थिक तरलता समस्या निकै बढेर गयो । यसले कर्जा–निक्षेप अनुपातमा ठूलो समस्या सिर्जना गरिदियो । यसलाई सन्तुलनमा ल्याउन के गर्ने भन्ने बहसहरू पनि भए । अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तानातान पनि भयो । एकपटक त अर्थमन्त्रालयले […]
The post निक्षेप–कर्जा असन्तुलन घटाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.