काठमाडौं (अस) । कृषि क्षेत्रमा चालिएका अदूरदर्शी कदमका कारण नेपालमा तेलहनजन्य क्षेत्रमा गम्भीर खालको असन्तुलन देखिएको छ । आर्थिक वर्ष सन् २००८/०९ मा करीब २ लाख ४७ हजार मेट्रिकटन असन्तुलन रहेको तेलहन क्षेत्रमा यो खाडलमा ठूलो वृद्धि भई सन् २०२०/२१ मा करीब ६ लाख ३० हजार मेट्रिक टन पुगेको छ । मूल्यतर्फ आर्थिक वर्ष सन् २००८/०९ मा करीब १५ अर्ब रहेको असन्तुलन रहेको तेलहन क्षेत्रमा यो खाडल बढेर आर्थिक वर्ष सन् २०२०/२१ मा रू. ४२ अर्ब पुगेको छ । यो आँकडाले नेपालमा तेलहन क्षेत्रमा व्यावसायिक लगानीको खाँचो र अवसर दुवै रहेको पुष्टि गर्दछ ।