काठमाण्डाै – लगातार तेस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव १६ अङ्कले बढेर दुई हजार तीन सय १३ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन । दुई सय २६ वटा कम्पनीका ३३ लाख ३० हजार कित्ता शेयर एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको नौ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज वरु...