खानेपानीमन्त्री मणिचन्द्र थापा मंगलबार एकाएक ललितपुरस्थित नख्खु कारागार पुगे । जेलर मोहन अधिकारीसँग छोटो भलाकुसारीपछि मन्त्री थापाले कारागारभित्र केहीबेर निरीक्षण गरे ।
जेलर अधिकारीले खानेपानी र फोहोर व्यवस्थापनमा समस्या रहेको भन्दै निरीक्षण गर्न गरेको निम्तो स्वीकार गरी आफू कारागार पुगेको मन्त्री थापाले बताए ।
तर त्यहाँ थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश वलीसँग भेट गरे । सरकार र विप्लव समूह वार्ताका लागि अनौपचारिक संवादमा रहेका बेला मन्त्री थापा कारागार पुग्...