जनकपुरधाम : आजभन्दा १५/१६ वर्षअघि मागेर खाने, भूमिहीन, कुष्टरोग प्रभावितलाई लक्षित गरी जनकपुरधाममा बनाइएको कोडियाबस्ती संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ।समाजसेवी जमिरियादेवी कुर्मिनीले जनकपुरधाम उपमहानगरपालिका–७ मा निर्माण गरेको बीस कोठे भवनसहितको संरचना उनको निधनपछि संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो।कुनै समय करिब २२ परिवारका एक सय मान्छेको सामूहिक बसाइँ रहेको सो स्थानबाटै कुष्टरोग प्रभावितको औषधोपचार र उचित हेरचाह गरी नयाँ जीवन दिने काम भएको थियो।सडक किनारमा अपहेलित जीवन बाँचिरहेकाला