काठमाडौं, ३ जेठ। राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको छ। सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभिन्न निर्णयहरु गरेको हो। राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुसहित मन्त्रालयमा आज बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाहरुको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाहरुको पब्लिक अडिट गर्ने सहितका निर्णय गरेको हो।