बझाङ – पृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो पाँच वर्षको तलब एक विद्यालयलाई दिनुभएको छ । आज शुक्रवार एक कार्यक्रमकाबीच विष्टले आफ्नो पाँच वर्षको तलब सत्यवादी उच्च मावि भोजपुरमा विद्यार्थीलाई छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गर्न दिनुभएको हो । उहाँले २०७६ भदौ २१ गते आफ्नो तलब, भत्ता सबै सत्यवादी उच्च माविलाई उपलब्ध गराउने बताउनुभएको थियो । वडाध्यक्ष विष्टले आफ्नो तलब, भत्ता र थप दुई लाख गरी १५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्न रकम उपलब्ध गराउनुभएको हो । उहाँले त्यो रकम विद्यालयका प्रधानाध्यापक तथा...