भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ । विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो ।समितिले विद्यालयलाई यस वर्ष रु तीन लाख ९६ हजार सहयोग दिएको छ । “दुई वर्ष कोरोना महामारीका कारण विद्यालयलाई आर्थिक सहयोग गर्न सकेनाँैं” सिद्धनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह महताले भने, “