फिदिम : पाँचथरको फिदिम नगरपालिकाले निजी विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक (सरकारी) विद्यालयसरह सुविधा दिन निर्देशन दिएको छ।निजी विद्यालयमा सरकारी विद्यालयभन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम नगरपालिकाले नगरको शिक्षा नियमावली २०७४ को नियम १३ को उपनियम २ बमोजिम गर्न निर्देशन दिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङका अनुसार उक्त उपनियममा फिदिम नगरपालिकाभित्र सञ्चालन हुने सबै निजी विद्यालयले शिक्षक तथा कर्मचारीलाई तहअनुसार सरकारी व