प्रि–मनसुन गतिविधि सक्रिय, मेघ गर्जनसहित हावाहुरी

२ वैशाख, काठमाडौं । प्रि–मिनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको केही भागमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । ‘यो प्रि–मनसुन एक्टिभिटी छोटो हुन्छण,’ उनले भनिन्, ‘मेघ गर्जन/चट्याङसहित वर्षा गराउने बादल उत्तर पूर्वतिर […]

सम्बन्धित सामग्री

नेपालमा हावाहुरी सहितको पानी कहिलेसम्म पर्छ ?

काठमाडौँ – पछिल्ला केही दिन देखि भएको मौसम परिवर्तन प्रि–मनसुन गतिविधि भएकोले मनसुन शुरु नहुँदासम्म मौसम यस्तै नै हुने मौसम विद्ले बताएका छन्। मौसमविद् राजु प्रधानाङ्गका अनुसार भारतको उत्तर प्रदेश विहार बंगालतीर न्यून चापीय प्रणाली छ, माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको प्रभाव रहेको र प्रि मनसुनको समय भएकोले पश्चिमी वायु पनि सक्रिय रहेको छ। तीनै किसिमको […]

दुई दिन हावाहुरी चल्ने‚ सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज र भोलि बेलुकीपख हावाहुरी चल्ने अनुमान गरेको छ। प्रि–मनसुन सक्रिय भएकाले चट्याङ र हावाहुरीको सम्भावना रहेकाले मौसमविद सजिना शाक्यले बताइन्। उनले सतर्क रहन पनि आग्रह गरिन्।प्रि-मनसुनका बेला दिनभर मौसम सफा रहे पनि बेलुकीपख बदली भएर हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ। नेपालमा गत मार्चदेखि नै प्रि–मनसुन भित्रिएको हो।बिहीबार राति देशका धेरै ठाउँमा हुरी/बतास र चट्याङसहित हल्का पानी परेको छ। काठमाडौं उपत्यकासहि

गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग, आज पनि ठूलो हावाहुरी चल्ने

काठमाण्डाै - गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । अहिले प्रि-मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद् मानन्धरले बताउनुभयो । नेपालमा गएको मार्च महिनादेखि नै प्रि-मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो । अबको केही दिन भने प्रि-मनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले ...

काठमाडौंमा हुरीबतासले यस्तो असर पार्यो (भिडिओसहित)

काठमाडौं, २ बैशाख । आज काठमाडौं उपत्यकासहित देशको अधिकांश भागमा आँधी बेहरी आएको छ । केही भागमा भने असिना पानीसमेत परेको छ । हावाहुरी चल्दा काठमाडौं उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति ७ देखि १० बजेसम्म मुलुकका अधिकांश भागमा हावाहुरी चलेको छ। प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको […]

काठमाडौंसहित मुलुकभरका अधिकांश भूभागमा हावाहुरी, केही दिन कायमै रहने पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति ७ देखि १० बजेसम्म मुलुकका अधिकांश भागमा हावाहुरी चलेको छ। प्रि–मनसुन अवधिका क्रममै अहिले हावाहुरी चलेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम सकियो

काठमाडौँ । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघगर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो” उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।

सुरु भयो प्रि-मनसुन : हावाहुरी, चट्याङ र असिना-पानीको डर

काठमाडौं :  यो वर्षको जाडो याम अर्थात् विन्टर सिजन आजदेखि समाप्त भई प्रि-मनसुन सिजन सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि-मनसुन बुलेटिन जारी गर्दै आजदेखि विन्टर सिजन अन्त्य भएको जनाएको हो। गर्मी याममा अपराह्न र साँझ पख मेघगर्जन र चट्याङको सम्भावना रहनुको साथै हावाहुरी र असिना–पानीको सम्भावना रहने महाशाखाले जनाएको छ। यस्तो मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।&n

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग,  हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ । यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले

सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

काठमाण्डाै - आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ ।  जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो ।  मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुने बताउनुभयो  । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ । प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि-मनसुन सुरु भएको एक/दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।  उहाँकाअनुसार विशेषगरी य...