सिजनको हिसाबले आजदेखि प्रि-मनसुन सुरु

काठमाण्डाै - आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ ।  जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो ।  मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुने बताउनुभयो  । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ । प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि-मनसुन सुरु भएको एक/दुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।  उहाँकाअनुसार विशेषगरी य...

सम्बन्धित सामग्री

पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा हिउँदे वर्षा जस्तो प्रि-मनसुन

काठमाण्डाै - प्रि-मनसुन सुरु भएदेखि नै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । हिउँदयाममा खासै पानी नपरे पनि प्रि-मनसुन सुरु भएपछि भने लगातारजसो पानी परिरहेको छ। पानी पर्दा खेतीबालीमा फाइदा पुगेको छ । किसानलाई राहत मिलेको छ । लामो समयसम्म पानी नपर्दा खेतबारीमा लगाएका बाली तथा तरकारी सुक्न थालेका थिए । ढिलै भए पनि परेको वर्षाले गहुँ, तोरी लगायतका बालीलाई फाइदा पुगेको छ । प्रि-मनसुन सुरु हुनासाथ स्थानीय वायुसँगै पश्चिमी वायु पनि सक्रिय बन्दा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले बता...

प्रि-मनसुन सक्रिय: देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागका मौसमविद् राजु प्रधानाङ्ग...

प्रि मनसुन सक्रिय

काठमाडौं, बैशाख १८। लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ । मौसमविद् समीर श्रेष्ठले भने, […]

प्रि मनसुन सक्रिय

लामो समयपछि पूर्व मनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ ।मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको समयमा केही स्थिर रहेर कतै–कतै आकाश खुल्नेछ । तर, बिहान साँझ देशका धेरै भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।” उनका अनुसार लगातार जलवा

प्रि-मनसुन थप सक्रिय, प्रदेश-१ मा ठूलो पानी पर्ने

काठमाण्डाै - आजदेखि फेरि प्रि-मनसुन थप सक्रिय भएको छ । मार्च १ अर्थात गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि-मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ । आज र भोलि मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । प्रदेश-१ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाश...

प्रि–मनसुन गतिविधि सक्रिय, मेघ गर्जनसहित हावाहुरी

२ वैशाख, काठमाडौं । प्रि–मिनसुन गतिविधि सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमको केही भागमा मेघ गर्जनसहित हावाहुरी चलेको छ । ‘यो प्रि–मनसुन एक्टिभिटी छोटो हुन्छण,’ उनले भनिन्, ‘मेघ गर्जन/चट्याङसहित वर्षा गराउने बादल उत्तर पूर्वतिर […]

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम सकियो

काठमाडौँ । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघगर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो” उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।

सुरु भयो प्रि-मनसुन : हावाहुरी, चट्याङ र असिना-पानीको डर

काठमाडौं :  यो वर्षको जाडो याम अर्थात् विन्टर सिजन आजदेखि समाप्त भई प्रि-मनसुन सिजन सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रि-मनसुन बुलेटिन जारी गर्दै आजदेखि विन्टर सिजन अन्त्य भएको जनाएको हो। गर्मी याममा अपराह्न र साँझ पख मेघगर्जन र चट्याङको सम्भावना रहनुको साथै हावाहुरी र असिना–पानीको सम्भावना रहने महाशाखाले जनाएको छ। यस्तो मौसममा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना–पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।&n

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग,  हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ । यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले