आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग,  हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ । यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले

सम्बन्धित सामग्री

हावाहुरी चल्ने, असिना पानी पर्ने

देशको पहाडी भू-भागमा मेघ गर्जन -चट्याङ्ग सहितको वर्ष हुनेछ । साथै हावाहुरी चल्ने असिना पानी पर्ने सम्भावना रहेको छ।

स्थानीय र पश्चिमी वायु सक्रिय : आज र भोलि असिना पानीको सम्भावना

काठमाण्डाै - देशका पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । प्रि-मनसुनको गतिविधि सक्रिय रहेकाले आज पनि देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्लीकै अवस्था रहने महाशाखाले जनाएको छ । आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली स...