नर्भिक अस्पतालमा उपचार गराइरहेका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण अस्पतालमा पुगेका छन् । मंगलबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल गएर खाणले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अस्पतालमा वैद्यलाई भेटेर उनले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन् । लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचारबारे मन्त्री खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका छन् । वैद्य