काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । मंसिर महिनामा मात्रै ७४ हजार भन्दा बढीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् ।
कोरोना महामारीपछि विदेश जाने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । गएको असोजमा ३९ हजार ६७१ जना नेपाली श्रमिकले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । यो क्रम बढेर कात्तिक महिनामा श्रम स्वीकृति लिनेको संख्या ५४ हजार ९१८ पुग्यो ।
मंसिरमा पुनः श्रम स्वीकृति समेत गरि ७४ हजार ३५४ जनाले वैदेशिक रोजगारीमा जानको लागि...