काठमाण्डौ – वैदेशिक रोजगारीमा जान कात्तिक महिनामा मात्रै झण्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार पचास हजार ६ सय २३ पुरुष र चार हजार २ सय ९५ महिला गरि ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये तीस हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो नेपाल सरकारले रोजगारीको लागि मान्यता दिएका विभिन्न ८४ वटा देशहरुमा जानेको संख्या हो ।
कोरोना महामारी केही कम भएसँगै वैदेशिक रोजगारीमा जान...