अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत कर्मचारीले बाढीपहिरोपीडितका लागि १५ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार । मुख्य सचिव राजेन्द्रकिशोर क्षत्रीको अध्यक्षतामा गत साउन ३१ गतेको निर्णयअनुसार नै आयोगमा कार्यरत कर्मचारीबाट मानवीय सहयोगस्वरुप बाढीपहिरोपीडितका सहयोगार्थ उक्त रकम उपलब्ध गराउन लागिएको हो । प्रवक्ता कोइरालाका अनुसार विशिष्ट श्रेणीको कर्मचारीले…