नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले समानुपातिक तर्फ प्रदेश सभा सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै बारा निर्वाचन क्षेत्र–३ को प्रदेश स्तरीय भेलाले महासेठको कार्यशैलीको चर्को विरोध गरेको छ । बारा–३ को निर्वाचन समीक्षासम्बन्धी आज बसेको बैठकले समानुपातिकतर्फ बाराबाट संघमा एकजना पनि सहभागी नहुनु र प्रदेशतर्फ पनि १ जना मात्रै सहभागी हुनु दुखद् भएको भन्दै एमाले सचिव तथा मधेस प्रदेश इन्चार्जको कार्यशैलीको विरोध गरेको हो । ‘हामी धेरै दुखी छौ एमाले सचिवको कार्य