रौतहटको दक्षिणीभेग बौधीमाई नगरपालिकामा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । बौधीमाई नगरपालिका ३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहाको सर्पदंशबाट मृत्यु भएको हो।कुश्वाहालाई शनिबार राति करिब ९ बजे आफ्नै घरको आगनमा सर्पले टोकेको एमाले मधेस प्रदेश कमिटी सदस्य किरण साहले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।