एमालेका २ नेता समाजवादीमा प्रवेश

रौतहटमा एमालेका दुई जना प्रदेश कमिटी सदस्य नेकपा एकीकृत समाजवादीमा  प्रवेश गरेका छन् । सोमबार समाजवादीद्वारा आयोजित चुनावीसभामा  एमाले मधेस प्रदेश कमिटी सदस्य शिवधारी पटेल र कपिलदेव पटेलसहित  नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टीका र माला लगाएर स्वागत गरेका थिए।

सम्बन्धित सामग्री

एमालेका कृष्णगोपाल श्रेष्ठ चौथो पटक प्रतिनिधिसभामा प्रवेश

नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै हुनुहुन्छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेल्नुभएका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडौँ निर्वाचन […]

एमालेका १५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

बुटवलमा नेकपा एमालेका १५ जना अगुवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका कार्यकर्ताहरु भेषराज पौडेलसहित दीपक सरु, सेवानन्द न्यौपाने,धन बहादुर थारु, भगवती तिवारीलगायत पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुषालले  फुलमाला अविरले स्वागत गरे । सोही कार्यक्रममा नवप्रवेशी पौडेलले एमाले प्रतिगामी र  विकास विरोधी पार्टी भएको भन्दै आफूहरु सो पार्टीमा टिक्न नसकेको प्रतिक्रिया दिए ।

रामेछापमा एमालेका ४२ जना नेता कार्यकर्ता माओवादी प्रवेश

काठमाडौँ – रामेछापमा सामूहिक रुपमा एमाले परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन्। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर एमालेका प्रदेश कमिटि सचिवालय सदस्य रामकृष्ण लामासहित ४२ जना प्रवेश गरेका हुन्। मंसिर ४ गते हुने चुनावको मिति नजिकिँदै जाँदा पार्टी बदल्नेहरुको संख्या पनि बढ्न थालेको छ।

एमालेका ४१ नेता माओवादी केन्द्र प्रवेश

नेकपा (एमाले)का ४१ नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादी प्रवेश गरेका...

नेकपा एमालेका नगर कमिटीका उपाध्यक्ष सहित सयौ जना नेकपा एसमा प्रवेश

जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरि सहित २६० भन्दा बढि एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन्।...

टिकटकाे आश्वासनमा एमालेका गंगाराम जसपा प्रवेश

जनकपुरधाम- नेकपा एमाले परित्याग गरेका गंगाराम यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। बिहीबार धनुषाको शहिदनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई पार्टीमा स्वागत गरेका हुन्। नेकपा एमालेले लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई उम्मेदवार बनाउने आश्वासन दिएर एमालेमा प्रवेश गराएपछि यादव असंतुष्ट बनेका थिए। केपी शर्मा ओलीले अरगरियालाई उम्मेदवार बनाउने […]

पाल्पामा पूर्वमेयरसहित एमालेका १७ नेता एकीकृत समाजवादीमा प्रवेश

५ भदौ, बुटवल । पाल्पामा पूर्वमेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाही र पूर्वउपमेयर लक्ष्मीदेवी पाठक लगायतले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै एमालेमा व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने काम भएकाले पार्टी छाडेको उल्लेख गरेका छन् । एमाले छाड्नेहरुमा नेताहरू भीमबहादुर कुमाल, रामप्रसाद […]

धनुषा एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गर्ने क्रम जारी रहेको छ । यस्तैमा धनुषाको मिथिला नगरपालिकामा नेकपा एमाले परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।एमालेमा असन्तुष्ट रहेका नेता तथा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको बताइएको छ । एमालेबाट हरिनारायण महतोलाई मिथिला नगरपालिकाको मेयरको टिकट नदिएपछि उनीहरु असन्तुष्ट भएका थिए । एमालेको मिथिला नगर समिति सदस्य भगलु महतो, रामउदगार महतो, लक्ष्मण राय कुर्मी, महेन्द्

एमालेका प्रदेश समिति सदस्य मियाँ माओवादी केन्द्रमा प्रवेश

नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मोहमद इस्लाम मियाँ एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  राजविराजमा शनिवार आयोजित कार्यक्रमका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदा लगायतका नेताले उनलाई माला र टीका लगाएर पार्टी प्रवेश गराए । मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । २०७७ सालमा प्रतिनिधि सभा निर्वाचनमा पनि क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बन

एमालेका पूर्वसांसद एकीकृत समाजवादीमा प्रवेश

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गरेका हुन् । रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल […]