ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ आज

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउनुहुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लाग्नुभएको हो । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्...

सम्बन्धित सामग्री

राप्रपामा संसदीय दलको नेता फेर्न चलखेल, बचाउमा लिङ्देनको घरदैलो अभियान

पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र लोकेन्द्रबहादुर चन्दनिकट नेताहरू संसदीय दलको नेता फेर्ने प्रयासमा लागेका हुन् ।

आसन्न चुनावबाट देश ठूलो पार्टी मुक्त हुन्छः पशुपति शमशेर जबरा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले मंसिर ४ गतेको चुनावबाट देशलाई ठूलो पार्टी मुक्त बनाउने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नम्बर २ ले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वअध्यक्ष राणाले मंसिर ४ गतेको निर्वाचनपछि देशलाई ठूलो पार्टी मुक्त बनाउने बताए। उनले राप्रपा सनातनधर्मी र मुलुकप्रति इमान राख्ने पार्टी […]

चुनावपछि राप्रपाको बलियो उपस्थिति हुनेछ : पशुपति शमशेर जबरा

परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले चुनावपछि राप्रपाको बलियो उपस्थिति हुने दाबी गर्नु भएको छ । जथाभावी गर्ने ठूला दललाई चुनावपछि संसदमा पुगेर खबरदारी गर्नेसमेत उहाँको भनाइ छ । नवलपरासी पार्टी कार्यालयले सोमबार परासीमा गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले राजनीतिक दलहरूले मनपरी गरेकाले यस पटक राप्रपा संसदमा पुगेर खबरदारी गर्ने बताउनुभएको […]

कमल थापाले ब्युँत्याए राप्रपा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् । थापा तत्कालीन राप्रपा नेपालको अध्यक्ष छँदा पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका पार्टीसँग एकता गरी राप्रपा गठन गरेका थिए । त्यसपछि उक्त पार्टी लाक्पा तामाङको नेतृत्वमा निष्क्रिय थियो । राप्रपा परित्याग गरेको एक […]

कमल थापाले खोल्ने नयाँ पार्टीको एजेन्डा के ?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी स्थापना गर्ने बताएका छन्। विराटनगर पुगेका उनले एक कार्यक्रममा राप्रपामा नफर्किने भन्दै नयाँ पार्टी खोल्ने बताएका हुन्। राप्रपाबाट अलग हुने निर्णय गरे पनि पशुपति शमशेर जबरा लगायतका नेताले थापा फेरि पार्टीमा फर्किने आशावादी रहेको बताइरहँदा उनको यस्तो प्रतिक्रिया…

राप्रपामा कमल थापालाई चुनौति, राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष लड्ने घोषणा

पूर्वपञ्चहरूको पार्टी राप्रपाको अध्यक्षका लागि राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी साता हुने महाधिवेशनका लागि लिङ्देनले बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लिङ्देनलाई धवल शमशेर जबराले अध्यक्षमा प्रस्ताव गरेका हुन् । अहिलेका अध्यक्षत्रय पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीबाट पार्टी चल्न नसक्ने भन्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् । धवल शमशेर राणालाई लिङ्देनले महामन्त्री प्रस्ताव गरेका छन् । लिङ्देन प्रतिनिधि सभा निर्वाचन जित्ने राप्रपाका एकमात्र...

कमिसनखोरलाई तत्काल कारवाही गरी खोपको सहज आपूर्ति गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले  संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिनु अमानवीय र व्यवसायिक धर्म विपरीत भएको बताएको छ । पार्टीले महामारीको समयमा  जनस्वास्थ्यसँग खेलबाड गर्ने कमिसनखोरलाई तत्काल छानबिन र कारवाही गरी खोपको सहज आपूर्ति गर्न माग पनि गरेको छ ।अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउन पुगेकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । साथै संक्रमित भइ उपचाररतहरूको

सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना सङ्क्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष त्रय पशुपति शमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि मुलुकबाट कोरोना विरुद्धको खोप ल्याएर भए पनि तत्काल सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् । […]