भृकुटीमण्डपमा ५० प्रकारका रोटी प्रदर्शन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ । तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर साहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गर्नुभएको हो । उहाँले वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि भएको छ । मेलामा विभिन्न जातजातिहरूको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका […]

सम्बन्धित सामग्री

जनकपुरधाममा ८४ परिकारको प्रदर्शन

जनकपुरधाम : जानकी नवमीको अवसरमा स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजनामा जनकपुरधाममा सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभल सञ्चालन भएको छ। शुक्रबार जनकपुरधाममा आयोजित मैथिली फुड फेस्टिभलमा मिथिलाका प्रसिद्ध खानाका परिकारहरू अदौरी, तिलौरी, दूधपीठा, दालपीठा, कोदोको रोटी, तिलकोरको तरुवा, सकरौडी, महिआउर, अमोट, कडही, वडी, विभिन्न प्रकारको तरुवा सहितका ८४ प्रकारका परिकारको प्रदर्शन गरिएको थियो।कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपा

२३ वर्षमा पनि स्वाद नफेरिएको ‘ढकाल दाइ ’को तन्दुरी !

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नपुगेका सायदै होलान् । कलेज भएको र मेला प्रदर्शन तथा विभिन्न कार्यक्रमा भइरहने स्थान हो यो । नेपाल पर्यटन बोर्डको कार्यालयसँगै रहेको ढकाल तन्दुरीमा खाजा नखाएका पनि कमै होलान् । शंकरदेव, आरआर, विश्वभाषा, नेपाल ल, बाल्मिकीलगायत क्याम्पसमा अध्ययन गरेका अधिकांश विद्यार्थी त्यहाँ पुगेकै हुनुपर्छ !  गोरखाका रामेश्वर ढकालले २३ वर्षदेखि एकै ठाउँमा व्यापार गरेका उनको होटलमा शुरूदेखि अहिलेसम्म एउटै स्वाद दिएको बताउँछन् । ‘२३ वर्षदेखि एउटै हातले बनाएको परिकार हो एउटै स्वाद त हुने भयो नि,’ उनले भने । गोरखाको बारपाकमा घर भएका उनी २०४६ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनको लागि काडमाडौं आएका थिए । जागिरसँगै अध्ययन गरेका उनलाई जागिरले यो शहरमा सहज भने भएन । परिवार थपिँदै गएपछि नयाँ व्यावसाय गर्ने सोच बनाएका उनलाई २०५७ सालमा पर्यटन बोर्डले खाली ठाउँ उपलब्ध गरायो । जहाँ छाप्रोजस्तै देखिने संरचना बनाए र चिया, नास्ता, रोटी र सेल बेच्न थाले । उनलाई पत्नी सरू पाण्डे ढकालले शुरूदेखि नै सघाउँदै आएकी छन् ।  धेरैजसो विद्यार्थी आन्दोलन र प्रदर्शन तथा मेला भइरहने यही स्थानमा उनले खाजा खुवाउँदा खुवाउँदै देशले धेरै आन्दोलन भोग्यो । व्यवस्था फेरिए, भृकुटीमण्डप वरपर धेरै संरचना पनि फेरिए । तर, उनको खानाको स्वाद भने फेरिएको छैन ।  उनले आफ्नै हातले खाना–खाजा खुवाएका व्यक्ति देशकै उच्च ओहोदामा पुगेका छन् । ‘जुनसुकै कार्यालयमा पसेपनि कम्तीमा १० जना त मैले खाना खाजा खुवाएकै मानिस कर्मचारी भेटिन्छन् । तपाई्र ‘ढकाल दाइ’ होइन भन्दै सोध्छन्,’ उनी भन्छन् ।  १३ रुपैयाँमा जेरीपुरी र तरकारी बेच्न शुरु शुरू गरेका उनले यस स्थानमा खाजा विक्री गर्दा एकबोरा मैदाको जम्मा ३०० रुपैयाँ थियो, अहिले प्रतिबोरा ४ हजार ५०० पुगेको छ । प्रतिमहीना ७२० रुपैयाँ भाडा दिने गरी व्यवसाय शुरू गरेको बताउने ढकालले अहिले मासिक भाडा ४८ हजार रुपैयाँ तिर्दै आएका छन् ।  उनले यही स्थानमा आधा जिन्दगी बिताएका छन् । यही स्थानमा गरेको व्यवसायबाट उनले बालाजुमा एउटा साढे २ तलाको घर पनि बनाएका थिए । २०७२ को भूकम्पले कामै नलाग्ने गरी भत्काइदियो । शून्यबाट उठेको उनको जिन्दगी भूकम्पले फेरि शून्यजस्तै बनाइदियो । क्षतविक्षत भएको घर भत्काउँदा ९ लाख रुपैयाँ खर्च भयो भूकम्पपीडितको रुपमा उनले सरकारबाट ३ लाख रुपैयाँ मात्रै पाए ।  उनका २ छोराहरू भने विदेशमा छन् । जेठो छोरा अमेरिका र कान्छो अष्ट्रेलियामा रहेको उनले बताए । भत्केको घर पनि उठिसकेको छ । तर, उनलाई त्यो छाप्रो छोडेर जान मनै छैन । दाल, रोटी, खाना, चिया, मःम, चाउमिनजस्ता खाजा विक्री गर्दै आएका उनलाई अधिकांश पुराना ग्राहकले भन्ने गर्छन्– स्वाद त उस्तै छ नि दाजु !

भृकुटीमण्डपमा ५० थरीका रोटीको प्रदर्शन

काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ ।तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर शाहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गरेका हुन् । वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि भएको छ । मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकाहरु […]

महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर

अफ्गानस्तान । तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् । महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरुले शनिबार हवाई फायर गरेका छन् । ‘रोटी, काम र स्वतन्त्रता’ भन्दै महिलाहरु काबुलको शिक्षा मन्त्रालयको भवन अगाडि प्रदर्शनमा उत्रिएका थिए । महिलालाई तालिबान लडाकुहरुले कुटपिटसमेत गरेका थिए । तालिबानले सत्तापलट गरेको वार्षिकीको पूर्वसन्ध्यामा महिलाले […]

महिलाको प्रदर्शनमा तालिवान लडाकुले गरे हवाई फायर

तालिवान सत्ताको विरोधमा अफगानिस्तानको राजधानी काबुलमा अफगान महिलाहरुले विशाल प्रदर्शन गरेका छन् । महिला प्रदर्शनकारीलाई तितरबितर पार्न तालिबान लडाकुहरुले शनिबार हवाई फायर गरेका छन् । ‘रोटी, काम र स्वतन्त्रता’ भन्दै महिलाहरु काबुलको शिक्षा मन्त्रालयको भवन अगाडि प्रदर्शनमा उत्रिएका थिए । महिलालाई तालिबान लडाकुहरुले कुटपिटसमेत गरेका थिए ।तालिबानले सत्तापलट गरेको वार्षिकीको पूर्वसन्ध्यामा महिलाले प्रदर्शन गरेका थिए । तालिबानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेका थिए । त्यसयता उनीहरुल

भीड जम्मा पार्ने मन्त्र

अचेल जताततै चुनावमा भिड्ने कुरा मात्रै सुनिन्छ । भीडबाट भिड्ने शब्दको व्युत्पत्ति भएकाले यो भिड्ने सिड्ने कुरामा जोसँग भीड हुन्छ, उसैले जित्ने हो । जोसँग भीड छैन, ऊ भीरबाट लड्छ । यस्ता भीड जुटाउन नसकेर भीरमा लड्नेलाई काँध थाप्नु त कता हो कता, कसैले रामराम पनि भन्नेवाला छैन । त्यसैले चुनावी पर्वमा भीडको निकै महत्व हुन्छ । आफ्नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ । भनिन्छ गफ लगाएर भीड तान्ने खुबी छ भने हेर्दाहेर्दै आफूलाई मन परेको कुर्सी पनि आफूतिर तानिइहाल्छ । विनाभीडको जीव अन्तमा भाडमा जान्छ । भलै हिजोआज बजारमा अचम्म किसिमका भीड भाडामा उपलब्ध छन् । तर पनि भीड जम्मा पार्न दिमाग चैं पूरै लगाउनुपर्छ । चुनावी वैतरणी पार गर्नका लागि भीड नै एकमात्र उपाय हो । नारा लगाउने वाला, जयजयकार गर्ने वाला, पोस्टर पम्प्लेट चाट्ने वाला, पुत्ला जलाउने वाला–सजाउने वाला, लाठीमुंग्री चलाउने वालादेखि लिएर फर्जी तरीकाबाट भोट हाल्ने वालासम्मका भीड सर्वत्र उपलब्ध छन् । बजारमा नाना प्रकारका भीड अटाएका छन् । ती भीडको फाइदा लिन रकमको जोहो भने आफै गर्नुपर्छ । गाँठ अनुसार भीड जम्मा गरिदिने भीड समेत सजिलै उपलब्ध छन् जान्ने र सक्नेहरूका लागि । अहिले बजारमा नयाँ नयाँ प्रकारको भीड पनि प्रकट भएका छन् । ह्वाट्सएप वा भाइबरमा सन्देश–शस्त्र चलाउने वाला, टिकटक वा फेसबुकमा भिडियो पुराण लगाउनेवाला र ट्वीटर देउतामा चुनावी ट्वीटबाजी गर्नेवाला भीड थोक वा खुद्रामा उपलब्ध छन् । साइबर स्याल र हनुमान्को त यहाँ भीडै छ, पार्टीपिच्छे, नेतैपिच्छे । यहाँ भीड जम्मा गर्न खल्ती चाहिँ अलिक मोटै हुनुपर्छ । पहिल्यैदेखि त्यसै ठूला बनेका भीडलाई त मिडियाले सित्तैमा प्रचार गरिदिएर अझ ठूलो भीड बनाउन मद्दत गरिरहेकै छन् । वैकल्पिक र विकल्पविहीन साना भीडवाला संगठनहरू जो केही सस्तोमा भीड जुटाउन चाहन्छन्, उनीहरूलाई म सित्तैमा यहाँ केही टिप्स दिन चाहन्छु । चुनाव जितिसकेपछि भने बदलामा मलाई पनि दुई–चारओटा सरकारी ठेक्कापट्टा मिलाइदिनुपर्छ है ! कुनै समिति वा आयोगको अध्यक्ष बनाइदिनुपर्दछ । वा कुनै बोर्ड वा कोषको गाडी र भत्ता पाउने गरी सदस्य नै भए पनि बनाइदिए पुग्छ । भीड बटुल्ने पहिलो सिद्धान्त हो, सामाजिक सञ्जाल हाइजेकीकरण । सामाजिक सञ्जाल नाममात्र सामाजिक हो । त्यसभित्र प्रायः कुरा असामाजिक नै हुन्छन् । र, यसलाई अपहरण गरेर मनले चाहेजति भीड जम्मा गर्नुस् । हेर्नुस्, हामी नेपालीहरू अरू केही गर्न नसके पनि टिकटक भिडियो बनाउन वा फेसबुक चलाउनेमा भने कुशल नै छौं । यहाँ अनेक रंग ढंगका सामाजिक सञ्जालबाज छन् । यी सबै अदृश्य भीडका रूपमा बसेका छन् । यिनीहरूले चाहेको खण्डमा कुनै पनि उम्मेदवार वा नेताको चुनावी गाडी पार लगाउन सक्छन् वा खाल्टामा धकेल्न पनि सक्छन् । यस्तो डिजिटल भीड जम्मा गर्नेहरूमा केही गाउँमा गोबर सोहोर्नेहरू छन् वा शहरमा गाडीमा हिँड्नेदेखि खाडीमा पसिना बगाउनेहरूसम्म छन् । यिनले एकदमै रमाइलो र प्रभावशाली तरीकाले डिजिटल भीडबाट आफूले चाहेअनुसार काम फत्ते गराउन सक्छन् । न्यायिक फैसला पनि यही भीडले गर्छ, समाजसेवाको रकम पनि यसैले जोहो गरिदिन्छ र राष्ट्रवादीको पगरी पनि यसैले गुथाइदिन्छ । यसैले गूगलबाट भात वा रोटी डाउनलोड गर्न नसके पनि भोट भने डाउनलोड गर्न सकिन्छ । भीड बटुल्नेमा मनोरञ्जक सिद्धान्तको पनि खास महत्त्व छ । सर्वसाधारणहरू यसै पनि चुनावी सर्कसबाट मनोरञ्जन लिन्छन् नै । किनकि उनीहरूलाई थरी–थरीका छोटेबडे नेता भनाउँदाहरूको भाषणले नै मनोरञ्जन प्रदान गरिरहेका हुन्छन् । अनि अचेल त भाषणले मात्र नपुग्ने भएपछि नर्तकी ल्याएर नचाउने होड पनि चलेको छ । बूढा नेताका अगाडि भर्खरकी युवतीले कम्मर मर्काएपछि भीडको भोट पक्का ! अझ कुनै आइटम विशेषमा धेरै ताली हासिल गर्नु छ भने चाहिँ चलचित्र वा नाटक साटकमा नाच्ने, अभिनय गर्नेवालीहरूको बन्दोबस्त गर्नुपर्ने हुन्छ । उनीहरूको स्वागतमा ठूलै भीड जम्मा पारेर स्वागत भाषण गर्ने र सुन्ने आदि गर्न सकिन्छ । अझ भाषणबाजीको शुरू, मध्य र अन्त्यमा खुलामञ्चमा क्रान्तिकारी गीत घन्काएर, कम्मर मर्काएर, सरकार थर्काएर नृत्य, नाटक आदि प्रदर्शन गर्न सके फुर्सदिला नेपाली भीड जम्मा गर्न अरू केही गर्नै पर्दैन । अझ यसो एक दुई आइटम गर्लहरूलाई ल्याएर एक दुई आइटम गीतमा प्रदर्शन गर्न लगाउने हो भने त मशानघाटका भूतहरू पनि भीड बनेर भोट दिन आतुर भएका विगतमा देखिएकै हो । भीड भुसुक्क पारेपछि भोट त खुसुक्क पाइहालिन्छ नि । पाँच वर्षमा आउने चाडमा त्यति पनि नगरी भो त ? यता नयाँ ढंगले कठपुतलीका खेल देखाउनेवालाहरूको पनि बजारमा माग छ । आफ््नो सात पुस्ताले कुकर्म गरेपछि सुकर्मका लागि कुनै ‘स्वच्छ’ सरकारी अधिकारीहरूलाई पनि ब्यानरमा देखाउन सकिन्छ । त्यसो त कतिपय सरकारी हाकिमहरू, प्रहरी, प्रशासनमा रहेकाहरू आआफ्ना आराध्य देव नेताका आदेशानुसार कठपुतली बनेर काम गरि नै रहेका छन् । यसले पनि भीड जम्मा गर्ने सत्कर्ममा सहयोग नै पुर्‍याइरहेकै छ । हिजोआज त सामाजिक सञ्जालमा यति र उति ‘रीच’ बढाउन सक्छु भन्ने सोसल मिडियाबाज पनि थुप्रै आएका छन्, जसले उमेर समूह, भूगोल वा रुचि अनुसारका डिजिटल भीडलाई भोटमा बदल्ने ग्यारेन्टी लिँदै हिँडेका पनि देखिएका छन् । भीड छ त भाषण जे पनि दिन सकिन्छ । भाषणै दिन त के छ र ? जे मन लाग्छ ठोक्नै नै हो । मूल उद्देश्य नै भीड बटुल्ने नै त हो । यता सँगैको ठेलामा तातोतातो भीड उपलब्ध छ । यो भीड यता पासपोर्ट लिने लाइनमाा पनि छ, पेट्रोलियम किन्ने लाइनमा छ, सवारी लाइसेन्स लिने लाइनमा छ, जागीर खाने लाइनमा छ । यो भीड जताततै छ । त्यसैले छिटो आउनुहोस् । आफूलाई मनपर्ने भीड लिएरै जानुहोस् । एक्लै भीड जम्मा गर्न ल्याकत पुगेन भने गठबन्धन गर्नुस् । मै हुँ भन्नेले त एक्लै हिँड्ने आँट नगरिरहेका बेला साना साना भीड मिलाएपछि गतिलै भीड सृजना भैहाल्छ । तपाईंलाई कस्तो भीड बटुल्नु छ ? कि भीड बटुल्नुस् कि भीडको अंग बन्नुस् । नत्र तपाईंको जिन्दगी गयो खेर ! भीड बटुल्ने यी काइदाहरूको प्रयोग गर्नुहोस् । हेर्नुस् त, तपाईं अगाडिको कुर्सीले व्यग्र भएर तपाईंलाई कुरिरहेको छ !

२५ हजारले अवलोकन गरे अन्तर्राष्ट्रिय प्रदर्शनी

चितवन (अस) । चितवन उद्योग संघको आयोजनामा भएकोे तीन दिने छैटौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २५ हजारले अवलोकन गरेका छन । चितवन उद्योग संघ अध्यक्ष त्रिलोचन कँडेलले पहिलो दिन ६ हजार, दोस्रो दिन ९ हजार र तेस्रो दिन १० हजारले मेला अवलोकन गरेको जानकारी दिए । उनका अनुसार यो औद्योगिक मेला केवल निर्माण तथा उत्पादनजन्य र नवीनतम प्रविधिको प्रर्दशनी भएकाले लक्षित वर्गले मात्र अवलोकन गरेका हुन् । ‘यो प्रदर्शनी मेला, महोत्सवजस्तो होइन ।  युवा उद्यम लक्षित र बीटुबी प्रकारको प्रदर्शनी हो । कोभिड–१९ का कारण युरोपलगायत अन्य देशका प्रदर्शनकर्ताले बुकिङ रद्द गरेकाले पनि अघिल्ला वर्षको तुलनामा स्टल तथा अवलोकनकर्ता कम भएका हुन्’, उनले भने । प्रदर्शनीमा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र अल्लोबाट निर्मित नेपाली कपडाको स्टल आकर्षणको केन्द्र बनेको चितवन उद्योग संघले जनाएको छ । आविष्कार केन्द्रको पहिलो प्रदर्शन भएको एवं नेपालकै आविष्कारकले बनाएका प्रविधि र उत्पादन भएकाले स्टलमा अवलोकनकर्ताको बढी रुचि देखिएको कँडेलको बुझाइ छ । डा. पुन र उनको टिमले निर्माण गरेका सागसब्जी राख्ने सब्जी कोठी, नवजात शिशुलाई न्यानो बनाउने बेबी वार्मर, कफी भुट्ने कफी रोस्टिङ, गेडागुडी भुट्ने मल्टी ग्रेन रोस्टर, नान बनाउने इलेक्ट्रिक नान रोटी मेकर, अन्डाबाट चल्ला निकाल्ने एग इन्क्युवेटर, चियापत्ती सुकाउने टी ड्रायर, मेडिकल ड्रोनलगायतका १० भन्दा बढी उत्पादन प्रदर्शनीमा राखिएका थिए । राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेका सबै उत्पादनबारे अवलोकनकर्ताको चासो बढी देखिएको आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बताए । यस्तै, सिस्नो प्रजातिबाट बुनिएको अल्लोको कपडाको  स्टलमा पनि उत्तिकै आकर्षण रहेको थियो ।