जनकपुरधाम : जानकी नवमीको अवसरमा स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासको आयोजनामा जनकपुरधाममा सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभल सञ्चालन भएको छ। शुक्रबार जनकपुरधाममा आयोजित मैथिली फुड फेस्टिभलमा मिथिलाका प्रसिद्ध खानाका परिकारहरू अदौरी, तिलौरी, दूधपीठा, दालपीठा, कोदोको रोटी, तिलकोरको तरुवा, सकरौडी, महिआउर, अमोट, कडही, वडी, विभिन्न प्रकारको तरुवा सहितका ८४ प्रकारका परिकारको प्रदर्शन गरिएको थियो।कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपा