नयाँ क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको भन्दै आइतवारदेखि नेपाली कांग्रेसका धनुषाका नेताहरूले आमरण अनशन शुरू गर्ने भएका छन् ।
नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान तथा प्रक्रिया मिचेर नयाँ सदस्यता वितरण गरेको भन्दै उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरू गर्न लागेका हुन् ।
आमरण अनसन बिहान ११ः३० देखि बस्ने निर्णय भएको बताइएको छ ।
अनशनमा पूर्व सांसद डा. चन्द्रमोहन यादव, महासमिति सदस्य राम पल्टन साह, तरुनदल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक बस्दैछन् ।&...