गौर : छोराको हत्यामा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पतीले जिल्ला प्रहरी कार्यालय रौतहटअगाडि आमरण अनशन बस्ने घोषणा गरेका छन्।रौतहट जिल्लाको राजदेवी नगरपालिका–७ मुडलवाका कृष्ण यादवका २४ वर्षीय छोरा अभिमनुकुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि प्रहरीले अनुसन्धान गर्न बेवास्ता गरेको भन्दै मृतकका आमाबुबाले न्यायको लागि गौरस्थित जिल्ला प्रहरी कार्यालयअगाडि नै आमरण अनशन बस्ने बताएका छन्।न्याय पाउन आफूहरूको ज्यान गए पनि आफूहरू लडिरहने मृतकका मा