कतारमा शुक्रबारदेखि एसियन कप फुटबल सुरु भएको छ । लगभग चार सातासम्म चल्ने यो प्रतियोगिताले नयाँ एसियाली च्याम्पियन दिनेछ । कतार प्रतियोगिताको आयोजक मात्र होइन, डिफेन्डिङ च्याम्पियन पनि हो । कतारलाई आफूले जितेको उपाधि रक्षा गर्न कठिन भने हुनेछ । जापान र दक्षिण कोरिया सबैभन्दा बलिया प्रत्याशीका रूपमा रहेका छन् ।