यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मोरङका सबै निर्वाचन क्षेत्रमा बिहीबार मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन क्षेत्र नं ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । कार्यालयको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले आसन्न निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वतन्त्र एवं भयरहित वातावरण सम्पन्न हुने बताए ।