जावाका मोटरसाइकल किन्नेलाई ५.५ प्रतिशत ब्याजमा दुई वर्षे किस्ता

काठमाडौं । जावा तथा येज्दीका मोटरसाइकलहरु कम ब्याजदरमै किन्न सकिने स्कीम सार्वजनिक भएको छ । कम्पनीले ५.५ प्रतिशत ब्याजमै मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा र येज्दी ब्राण्डका मोटरसाइकलहरुमा ल्याएको यो स्कीम नगदका साथै फाइनान्समा मोटरसाइकल खरिद गर्ने ग्राहकले फाइदा लिन सक्नेछन् […]

सम्बन्धित सामग्री

बेनेली बाइक छुटसहित शून्य प्रतिशत ब्याजमा पाइने

इटालियन ब्रान्डका बेनेली बाइकको खरिदमा ग्राहकले एक लाख रुपैयाँसम्म छुटका साथै शून्य प्रतिशत ब्याजमा पाउने भएका छन् । कम्पनीले मोडेलअनुसार १५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म छुटका साथै २० मिनेटमा नै...

मिटर ब्याजमा रकम उपलब्ध गराएको पाए जानकारी गराउनु : गृह

काठमाडौँ । गृह मन्त्रालयले मिटर ब्याजमा रकम उपलब्ध गराएको पाएमा जानकारी गराउन भनेको छ । मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी मिटर ब्याजमा रकम उपलब्ध गराउने क्रियाकलाप कोही कसैले नगर्न /नगराउन भनेको हो। ‘त्यस्ता कार्य प्रचलित कानुनअनुसार दण्डनीय भएकोले त्यस किसिमका कानुन विपरीतका क्रियाकलाप कोही कसैले नगर्नु नगराउनु हुन र यस्ता गतिविधिहरू भएको कुनै सूचना प्राप्त […]

छत्तिस प्रतिशत ब्याजमा ऋण काढेर विदेश

इलाम । मुलुकमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि धेरैलाई रोजगारीको लागि बिदेसिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) ले इलाम नगरपालिकाको आप्रवासन पार्श्वचित्र तयार पार्न लिएको तथ्याङ्क अनुसार ३६ प्रतिशतभन्दा बढीसम्म ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएको पाइएको छ । ११७ जनाले […] The post छत्तिस प्रतिशत ब्याजमा ऋण काढेर विदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्र बैंकले साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ । सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भन

२८ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २८ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको २८ करोड ६ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा एक वर्षका लागि लगानी गर्न चाहेको बताएको हो ।  आगामी माघ २ गतेदेखि आउँदो वर्ष २०७९ माघ १ गतेसम्म कुल ३६५ दिनका लागि यस्तो रकम ब्याजमा लगानी गर्न लागिएको बैंकले जनाएको छ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले यहीँ पुस १८ गते दिउँसो २ बजेभित्र निक्षेप माग गर्न सक्नेछन् ।  बैंक

राष्ट्र बैंकले १ अर्ब १० करोड बढी कोषको रकम ब्याजमा लगानी गर्दै

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्न चाहेको हो । यसका लागि बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ८८ करोड ६४ हजार रुपैयाँ छुट्याइएको छ भन

सुदूरपश्चिम सरकारले कृषकलाई एक प्रतिशत ब्याजमा ऋण दिने

काठमाडौं। सुदूरपश्चिम सरकारले किसानलाई एक प्रतिशत ब्याजमा ऋण दिने भएको छ। सरकारले सबै बैंकबाट एक प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने जनाएको हो। प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री देवी चौधरीले प्रदेश सरकारको कृषि बजेटमा यस्तो कार्यक्रम समावेश गरिने जानकारी दिएकी हुन्।

एन आई सी एशिया लघुवित्तका ग्राहकहरूले ब्याजमा छुट प्राप्त गर्ने

काठमाडौँ / एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकहरूका लागि ब्याजमा विशेष छुटको व्यवस्था गरेको छ । हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न

युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिइने

काठमाण्डौ – सरकारले युवा उद्यमीलाई सरकारले  १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताउनुभएको हो । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो ।