नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९, २०७९ सम्म एक वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दतीमा ब्याजमा लगानी गर्न चाहेको हो । यसका लागि बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई दरखास्त आह्वान गरेको छ । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि ८८ करोड ६४ हजार रुपैयाँ छुट्याइएको छ भन