युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिइने

काठमाण्डौ – सरकारले युवा उद्यमीलाई सरकारले  १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताउनुभएको हो । स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो ।  

सम्बन्धित सामग्री

युवा संघ नेपालका अध्यक्ष लामाद्वारा औषधी व्यवसायीमाथि निर्घात कुटपिट

युवा संघ नेपाल विराटनगरका अध्यक्ष किरण लामाले मिटर ब्याजमा दिएको पैसा नदिएको भन्दै औषधी व्यवसायीलाई निर्घात कुटपिट गरेका छन् । लामाले विराटनगरको हस्पिटल चौकमा रहेको यादव फार्मेसीका संचालक नवल यादव र अभिषेक यादवलाई शुक्रबार दिउँसो घरमा बन्धक बनाएर कुटपिट गरेका हुन् । लामाको समूहले घरमा बोलाएर उनीहरूलाई कुटपिट गरेको आरोप छ । कुटपिटबाट फार्मेसी संचालक नवल घाइते भएका छन् । यादवले लामासँग दुई महिना अगाडी व्यवसाय संचालनको लागि पाँच लाख रूपैयाँ ऋण लिएका थिए । उनले पाँच लाख रुपैयाँ विभिन्न मितिमा प

सहुलियत कर्जा : प्राथमिकता क्षेत्रमै कमजोर

काठमाडौं (अस) । सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने सहुलियत कर्जा प्रवाह प्राथमिकता दिइएको क्षेत्रमै कमजोर पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाले करीब डेढ लाख ऋणीलाई २ खर्ब १५ अर्ब रुपैयाँ सहुलियत कर्जा लगानी गरेका छन् । तर, सरकारले बजेटमार्फत प्राथमिकता दिँदै आएको शैक्षिक प्रमाणपत्र धितोमा युवालाई दिने ऋण भने नगन्य छ । फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ सय ५३ जना युवाले मात्र शैक्षिक प्रमाणपत्र धितोमा ऋण लिएका छन् । उनीहरूलाई ५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७५/७६ को बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म सहुलियत कर्जा दिने घोषणा गरे । त्यसलाई अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेटमा २५ लाख पुर्‍याउने घोषणा गरे पनि हालसम्म सहुलियत कर्जासम्बन्धी एकीकृत ब्याज अनुदान कार्यविधिमा ऋणको सीमा वृद्धि गरिएको छैन । कार्यविधिमा शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत स्नातक तह उत्तीर्ण तथा ४० वर्ष ननाघेको युवालाई सक्कल प्रणापत्र धितो राखेर कर्जा उपलब्ध गराउने व्यवस्था छ । यसैगरी सरकारले प्राथमिकता दिएको सीटीईभीटीबाट प्राविधिक तालीमप्राप्त युवालाई दिने कर्जा र युवा स्वरोजगार कर्जा प्रवाह पनि नगन्य छ । फागुनसम्ममा प्राविधिक तालीमप्राप्त युवा शीर्षकमा २ जनाले ३ लाख र युवा स्वरोजगार शीर्षकमा २५ जनाले ८० लाख रुपैयाँ कर्जा उपभोग गरेका छन् । ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार बैंकहरूले १० ओटा क्षेत्रमा ऋण प्रवाह गर्छन् । यसमध्ये सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा ८२ हजार १९७ ऋणीले उपभोग गरेका छन् । उनीहरूलाई ७४ अर्ब १७ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी सहुलियत कृषि कर्जा ५९ हजार ५६० जनाले १ खर्ब ३७ अर्ब रुपैयाँ उपभोग गरेका छन् । सहुलियत कर्जा कार्यक्रममध्ये सबैभन्दा बढी आकर्षण महिला उद्यमशीलता कर्जामा छ । महिलाका नाममा सञ्चालन भएका व्यवसायलाई यो कर्जा दिइन्छ । सहुलियत कर्जामा बैंकहरूले आधार दरमा २ प्रतिशतमात्र प्रिमियम जोडेर ब्याज तय गर्न पाउँछन् । उक्त ब्याजमा सरकारले महिला उद्यमी कर्जामा ६ र अन्य कर्जामा ५ प्रतिशत अनुदान दिने व्यवस्था छ ।

समृद्धि सहकारीको साधारण सभा सम्पन्न, १० % बोनस शेयर दिने प्रस्ताव पारित

पुस १७, काठमाडौं । समृद्धि बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार ललितपुरको इमाडोल ब्यांक्वेटमा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले चालू आर्थिक वर्ष २०७८/ ७९ का लागि लेखापरीक्षकको रुपमा लामा एण्ड कम्पनीका जीतराम लामालाई नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ ।  सभामा महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष नबिन कुमार न्यौपानेले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । हरेक सहकारीहरुले शिक्षा र सचेतनामा कम लगानी गरेको भन्दै उनले शेयर सदस्यहरुका लागि सीप मूलक सामूहिक उत्पादमुखी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताए । ‘सहकारीमा लाग्नु भने सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्नु हो,’ वडा अध्यक्ष न्यौपानेले भने, ‘शेयर सदस्यहरुको आवश्यकता सम्वोधन गर्ने गरि व्यवसाय सञ्चालन गर्नुपर्दछ ।’  राज्यको तीन खम्बे अर्थ नीतिमध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ संस्था अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।  सभामा संस्थाका अध्यक्ष अमर कुमार राईले आव २०७७/ ७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८/ ७९ का लागि नीति तथा कार्यक्रम, लक्ष्य बजेट प्रस्तुत गरेका थिए ।  संस्थाको शेयर पूँजी १ करोड ४२ हजार रुपैयाँ रहेको छ । सहकारीले दिगो विकासका लागि जगेडा कोषतर्फ १५ लाख ४६ हजार रुपैयाँ राखेको छ ।  संस्थाले २०७८ असार मसान्तसम्ममा २ करोड ९३ लाख ६९ हजार रुपैयाँ निक्षेप  संकलन गरेको छ । संस्थाको आम्दानीतर्फ अघिल्लो आव २०७६/ ७७ को भन्दा केही कम हुन गई ४५ लाख ९८ हजार रुपैयाँ कायम भएको छ ।  चालू आवमा भने ५० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको संस्थाका कोषाध्यक्ष खड्ग बहादुर तामाङ्ले बताए । संस्थाको बचत परिचालन भने अघिल्लो आवको भन्दा ३९ प्रतिशतले वृद्धि भएको छ । गत अवामा ५ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको संस्थाले चालू आवमा भने बढाएर ११ लाख ६९ हजार पुर्‍याउने लक्ष्य लिएको कोषाध्यक्ष तामाङ्ले बताए । संस्थाको जम्मा आम्दानी ७२ लाख ३४ हजार रुपैयाँ र खर्च ६६ लाख ७ हजार रुपैयाँ रहेको छ ।  संस्थाले यस वर्ष ४ करोड ८२ लाख ८१ हजार रुपैयाँ ऋण लगानी गरेको छ । यसलाई चालू आवमा बढाएर ९ करोड ६५ लाख ६३ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको सभामा जानकारी दिइयो ।  सीमित स्रोत र साधानलाई उच्चतम उपयोग गर्दै मितव्ययिताको सिद्धान्त अनुरुप जनशक्ति तथा अन्य क्रियाकलापहरुलाई परिचालन गर्दै आएको र यसलाई वृद्धि गर्दै लैजाने योजना रहेको संस्थाका सचिव राम कुमार लामाले बताए ।  संस्थाले चालू आवमा आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै सेवा प्रदान गर्ने, धितो निरिक्षण तथा मूल्याङ्कन, प्राविधिक, आन्तरिक लेखापरीक्षक कानूनी परामर्शदाताको व्यवस्था गर्ने लक्ष्य लिएको छ । आगामी दिनमा संस्थाले सदस्यता घरदैलो, सहकारी शिक्षा र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, बचतकर्ताहरुलाई विभिन्न प्रकारको बीमा योजनासँग आवद्ध गराइने पनि सभामा जानकारी दिइयो । यसका साथै युवा स्वरोजगार कोष, राष्ट्रिय सहकारी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण ल्याई सदस्यहरुलाई कर्जा प्रवाह गरिने संस्थाले बताएको छ ।

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दो

काठमाडौं । सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । विना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गतअसार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनाले सहुलियपूर्ण कर्जा लिएर व्यवसाय गरेका छन् । सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउन बैंकले विनाधितो ५ लाखदेखि ५ करोड रुपैयाँसम्म सहुलियपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सहुलियतपूर्ण कर्जा लिने युवाको संख्या बढेको बताए । उनका अनुसार गत आवमा ७२ हजार युवाले यस्तो कर्जा लिएका छन् । अघिल्लो आव यो संख्या ३२ हजार थियो । युवाले प्रस्तावसहित कर्जाका लागि निवेदन दिए बैंकले सहजै कर्जा उपलब्ध गराउने उनले बताए । प्रवक्ता ढकालले सहुलियतपूर्ण कर्जालाई थप व्यवस्थित बनाउन आवश्यक नीति तथा नियमन गर्न राष्ट्र बैंक तयार रहेको बताए । सरकारले सहुलियत कर्जाका लागि छुट्याएको १३ अर्बको सदुपयोग हुन गुणात्मक कर्जा कारोबारमा जोड दिनुपर्ने उनको भनाइ छ । अर्थ मन्त्रालयले युवालाई स्वरोजगार बनाउन ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ लागू गरेको छ । कार्यविधिअनुसार लगानी भएका कर्जाको अलग्गै लेखा परीक्षण गर्ने तयारी राष्ट्र बैंकको रहेको जानकारी प्रवक्त ढकालले दिए । सरकारले तोकिएको क्षेत्र, वर्ग तथा समुदाय लक्षित कर्जामा २ देखि ५ प्रतिशतसम्म ब्याज अनुदान दिँदै आएको छ । सरकारले विभिन्न बैंकमार्फत ९ प्रकारका व्यवसायका लागि कर्जा उपलब्ध गराउँदै आएको छ । एउटा वाणिज्य वा विकास बैंकको शाखाले न्यूनतम १० जना युवालाई कर्जा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने हुन्छ । बैंकहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म, शिक्षित युवा स्वरोजगार कर्जा अधिकतम ७ लाख, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, महिला उद्यमशीलता कर्जा १५ लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म, उच्च, प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाखसम्म र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा ३ लाखसम्म उपलब्ध गराउँदै आएका छन् । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले व्यावसायिक हुन चाहने युवालाई बैंकले विश्वास गरेर कर्जा प्रवाह गरिरहेको बताए । बैंकले विस्तारै विश्वास गर्न थालेकाले युवाले सहजै कर्जासमेत पाइरहेको उनको भनाइ छ । ‘बैंकले प्रवाह गर्ने कर्जामा सुरक्षणको केही समस्या देखिएको छ,’ उनले भने, ‘बैंकको कर्जामा सुरक्षाको सुनिश्चितता हुनेबित्तिकै मागेजति युवाले कर्जा पाउनेछन् ।’      युवा र बैंकबीच विश्वासको वातावरण निर्माण गरेर कर्जा प्रवाहलाई सहजीकरण गर्नुपर्ने उनले बताए । उनका अनुसार सरकारले यस आर्थिक वर्षमा ५ प्रतिशत ब्याजमा का १३ अर्ब कर्जा प्रवाह गर्न बैंकलाई निर्देशन दिएको छ । उक्त रकम करीब ८० हजार युवाले प्राप्त गर्न सक्ने र यसमा परिषद्ले सहजीकरण गर्ने उनको भनाइ छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनालाई १ खर्ब ६१ अर्ब ४४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । तीमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार ५७ ऋणीलाई १ खर्ब ६ अर्ब ९८ करोड र महिला उद्यमशील कर्जाअन्तर्गत ५५ हजार ५५१ महिला उद्यमीलाई ५० अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ ।      सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ५०१ ऋणीको ३ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले बताएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेलले संख्यात्मकभन्दा गुणात्मक हिसाबले युवा उद्यमीलाई सरल र सहज किसिमले कर्जा पाउने वातावरण बन्नुपर्नेमा सरोकारवालाको ध्यान जानुपर्ने बताए । शहरका घरजग्गा र कालोपत्र सडकले छोएका घरजग्गालाई मात्र धितो मान्ने चलन अब हट्नुपर्ने भन्दै उनले गाउँका युवा उद्यमीलाई लक्षित गरेर कर्जा लगानी बढाउन आग्रह गरे । कृषि विकास बैंकका नायब महाप्रबन्धक बाबुकाजी थापाले बैंकिङ प्रक्रिया र गलत जानकारीका कारण पनि कतिपय कर्जा लगानीमा अप्ठ्यारो परेको बताए । कतिपयले परियोजनाको लागतभन्दा ऋण धेरै माग गरेकाले कर्जा लगानी हुन नसकेको उनको भनाइ छ । रासस

सिसा सगुनले शुरु गर्‍यो ४ प्रतिशत व्याजदरमा कर्जा लगानी

दाङ : दाङको घोराहीमा रहेको सिसा सगुन वचत तथा ऋण सहकारी संस्था लिमिटेडले व्यवसाय गर्न चाहने युवाका लागि ४ प्रतिशत ब्याजमा कर्जा लगानी गर्न शुरु गरेको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा व्यवसाय गर्न चाहने युवालाई प्रतिव्यक्ति २ लाख रुपैयाँ रकम दिएर उनीहरूलाई व्यवसायी बनाउन शुरु गरेको सहकारी संस्थाका अध्यक्...

साना किसान भन्छन्, ब्याजमा ६० प्रतिशत अनुदानले हौस्यायो

रत्ननगर : चितवनको रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय सुरु गरेका ३५ किसासनले ६० प्रतिशत ब्‍याज फिर्ता पाएका छन्। नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पैसा ल्याएर उक्त सहकारीमार्फत ऋण लिएका ३५ असल ऋणिलाई आज रु ३ लाख ५० हजार बराबरको ६० प्रतिशत ब्‍य...