पर्वत : साविकको धौलागिरि अञ्चलका चार जिल्लामध्ये पर्वत, म्याग्दी र मुस्ताङका बासिन्दालाई तीन वर्षअघि पर्वत अस्पतालमा ‘भेन्टिलेटर’ को सुविधा पनि शुरु हुने भयो भन्ने खबर सुन्दा खुसी मिलेको थियो। आईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा यी जिल्लाका बासिन्दा पोखरा जानुपर्ने बाध्यता छ।पोखरा जानका लागि पर्वत सदरमुकाम कुश्मा बजार हुँदै जानुपर्छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत शिवालचोकबाट ५-७ मिनेटमै अस्पताल पुगिन्छ। गम्भीर अवस्थामा पोखरा लैजानु परेको अवस्थामा पर्वत अस्पतालमा शुरु गरिएक