कोभिड–१९ संक्रमितले आइसियु वा भेन्टीलेटर त परै जाओस् पर्याप्त अक्सीजनसमेत नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको दृष्टान्त हामीमाझ धेरै छन्। तर, लमजुङमा भने आइसियु र भेन्टीलेटर भएपनि अस्पतालमामा दक्ष जनशक्तीको अभावमा प्रयोगमा...
तम्घास – गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटरसहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन। आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो। भवन […]
स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ । बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको बच्चाको आइसियु मेसु सर
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरेको छ। अल्का अस्पतालमा कोभिड र नन कोभिड गरी २१ वटा आइसियु बेड छ। क्रिटिकल केयर विज्ञ डाक्टर जेन्टल सुन्दर श्रेष्ठको नेतृत्वमा क्रिटिकल केयरमा आधारित आइसियु सेवा सुरु गरिएको हो। क्रिटिकल केयरमा आधारित आइसियु सेवामा सम्बन्धित विषयका चिकित्सकबाट बिरामीको राउण्ड गरिन्छ भने एक जना क्रिटिकल विज्ञ आइसियुमा नै खटेर विरामीको उपचार हुन्छ। सिकिस्त बिरामी भएर आइसियु भर्ना हुने बिरामीका लागि सम्बन्धित रोगको उपचारका
वैशाख २३, काठमाण्डौ । अहिले नेपालमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेसँगै अस्पतालहरुमा आइसियु र भेन्टिलेटरको अभाव चुलिएको भनिएको छ । तर सरकारी तथ्याङ्कलाई पत्याउने हो भने अहिले नै आइसियु र भेन्टिलेटरको अभाव भैसकेको छैन । सात वटै प्रदेशमा आइसियु र भेन्टिलेटर खाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । विहिबारसम्मको सरकारी तथ्याङ्कअनुसार देशभर […]
१४८ आइसियु र ४३ भेन्टिलेटरमा गरी १ सय ९१ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १६२ संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।