७३ वर्षअघि आजकै दिन निरंकुश राणा शासनको अन्त गर्दै स्थापना भएको प्रजातन्त्रसँग निहित अपेक्षा थियो– विधिको शासन । किनभने, १०४ वर्षसम्म राणाहरूले हुकुमी शासन गरे । हुकुमी शासनको अर्थ हुन्छ– शासकले जे हुकुम गर्यो त्यो नै कानुनसरह लागू हुनु । ‘सात सालअघि विधिको शासन भन्ने नै थिएन, जो शासक हुन्थ्यो उसको मर्जीमा शासन हुन्थ्यो, हुकुमको जवाफ छैन भनिएको त्यसैले हो,’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ भन्छन् ।