नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी छन् । ओलीलाई गाली शिरोमणिको संज्ञा दिँदै झाँक्रीले उनले एमालेलाई विधिसम्मत ढंगले नचलाएको आरोप समेत लगाइन् । सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ओलीले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाएर चलाउन नसकेकाले हामीले छुट्टै कम्युनिष्ट पार्टीको आधार सिर्जना गर्नका लागि नयाँ पार्टी गठन गरेका हौं । केपी ओलीको अहंकार, निर