काठमाडौं । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित म्यानचेस्टर युनाइटेडले शनिबार राति इङ्लिस प्रिमियर लिगमा टोटनहमलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै लिभरपुलले ब्राइटनलाई २–० ले हराउँदै उपाधि होडमा शीर्ष क्लब म्यानचेस्टर सिटीमथि दबाब कायम राखेको छ ।
पछिल्लो समय खराब लयबाट गुज्रिएको म्यानचेस्टर सिटीका प्रशिक्षक राल्फ राङ्कनिकलाई रोनाल्डोले राहात दिए । फ्रेडको...