१९ असोज, जनकपुरधाम। प्रदेश-२ का सभामुख सरोज कुमार यादवले प्रदेश सभाबाट पारित भएका कुनै पनि विधेयकमा मानव अधिकारको कुण्ठित नगरिएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार जनकपुरधाममा आयोजना गरेको विश्वव्यापी आवद्यिक समीक्षा सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै सभामुख यादवले भविष्यमा पनि निर्माण हुने विधेयकमा मानवअधिकारलाई कुण्ठित नगरिने बताए। मानवअधिकारको सबैले सम्मान गर्नुपर्नेमा जोड् दिदैं उनले […]