हेटौंडा : बागमती प्रदेशसभा स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा प्रदेशसभाका सभामुख र सत्तापक्ष–प्रतिपक्षबीच जुहारी चलेको छ। प्रदेशसभा सचिवालयद्वारा सोमबार आयोजित चौथो वार्षिकोत्सवमा सभामुख सानुकुमार श्रेष्ठ,मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यबीच जुहारी चलेको हो।प्रदेशसभा स्थापना भएको ४ वर्ष पूरा भएको अवसरमा शुभकामना दिने क्रममा उनीहरुले एक अर्कालाई काउण्टर गरेका हुन्। शुभकामना मन्