महोत्तरीका किसान र जनप्रतिनिधिले रेलवेले अधिग्रहण गरेको जग्गाको मुआब्जा रकम पुनरावलोकन गर्न माग गरेका छन् । आइतबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर जनप्रतिनिधि र पीडितलाई थाहै नदिई मुआब्जा तोकिएको भन्दै पुनरावलोकन गर्न माग गरेका हुन् । महोत्तरीको बर्दिबासका स्थानिय र प्रतिनिधीहरुसँग गृहमन्त्री बालकृष्ण खाणले बर्दिबासका रेलवेको जग्गा पीडितलाई दिइएको मुआब्जा समय सापेक्ष नभएको भए पुनरावलोकन गर्न पहल गर्ने बताएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, पूर्वमन्त्री गिरिराजमणि पो