सात करोड ५० लाख मुआब्जा वितरण

तामाकोसी–बाह्रबिसे ४ सय केभी प्रसारण लाइनको टावरले ओगट्ने जग्गाको सात करोड ५० लाख मुआब्जा वितरण भएको छ । आयोजनाको दोलखामा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआव्जा वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्यांनका आधारमा आयोजनाले मुआब्जा वितरण गरेको हो ।आयोजनाको टावर राख्दा २१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ […]

सम्बन्धित सामग्री

२ अर्ब ३० करोड मुआब्जा वितरण

जनकपुरधाम– संघीय सरकारले भारतको जयनगर जनकपुर र बर्दिवाससम्म ६९ किलोमटिर लम्बाईमा पर्ने २१४ विघा क्षेत्रफल जग्गाको २ अर्ब ३० करोड ४० लाख रुपैयाँ मुआब्जा वितरण गरेको छ । रेल विभाग साइड कार्यालय जनकपुरधामका अनुसार मुआब्जा वितरण गरी अधिग्रहण गरेको जग्गा धनुषा, सिरहा र महोत्तरीको रहेको ई.विनोद ओझाले बताए । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बर्दिवाससम्म […]

प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरूले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ अनियमितता/भ्रष्टाचार गरेको […]

मुआब्जा वितरणमा भ्रष्टाचार, तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं : नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको खुलेको छ। धनुषा जिल्लाको भरतपुर गाउँ विकास समितिअन्तर्गत गुठीको किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं् मुआब्जा वितरण समिति अध्यक्ष बसन्तराज गौतमसहित १३ जनामाथि मुद्दा हालेको छ। उनीहरुविरुद्ध एक करोड १४ लाख ६६ हजार ६६७ रुपैंया मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प

बूढीगण्डकीको ६ अर्बभन्दा बढी रकम फिर्ता

गोरखा-बूढीगण्डकी जलविद्युत् आयोजनाले गत आर्थिक वर्ष विनियोजन गरेको कुल बजेटमध्ये २१ प्रतिशतमात्रै खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईका लागि पुँजीगततर्फ सात अर्ब ६४ करोड ६० लाख रुपैयाँ विनियोजन भएकोमा एक अर्ब ६३ करोड ३३ लाख रुपैयाँमात्रै खर्च भएको कोलेनिकाको विवरणमा उल्लेख छ […]

बूढीगण्डकीको ६ अर्बभन्दा बढी रकम फिर्ता

बूढीगण्डकी जलविद्युत् आयोजनाले गत आर्थिक वर्ष विनियोजन गरेको कुल बजेटमध्ये २१ प्रतिशतमात्रै खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाईका लागि पुँजीगततर्फ सात अर्ब ६४ करोड ६० लाख रुपैयाँ विनियोजन भएकोमा एक अर्ब ६३ करोड ३३ लाख रुपैयाँमात्रै खर्च भएको कोलेनिकाको विवरणमा उल्लेख छ […]

प्रशारणलाइन निर्माणका लागि एक करोड मुआब्जा वितरण

साउन २१, दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि १ करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणबापत आयोजनाले १ करोड ३१ लाख ३४ हजार ५१० रुपैयाँ वितरण गर्नेछ ।  ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज तीन अन्तर्गत प्रशारणलाइनको ठेक्का भारतीय कम्पनीले पाएको छ । हालसम्म निर्माणका लागि २६ ओटा फाउण्डेशनको काम सकिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिए।            टावर निर्माणका लागि भारतबाट प्राविधिक टिम आएर साइटमा आवश्यक तयारी गरिरहेको उनले बताए । कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । यसका लागि जग्गाको कित्ताकाँट गरी प्रक्रिया थालिएको छ ।            यस क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६,आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्रपर्ने जग्गा अधिग्रहण गरिनेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मुआब्जा निर्धारण समितिले मूल्य तोकेको थियो । जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण उपसमितिले चलनचल्तीको मूल्य, मालपोतको दर, स्थानीय तहले मूल्याङ्कन गर्ने आधार, बैंकले मूल्याङ्कन गर्ने आधारलाई प्राथमिकतामा राखेर मुआब्जा निर्धारण समितिलाई सिफारिस गरेको थियो ।            मुआब्जा वितरणका लागि न्यूनतम प्रतिरोपनी २४ लाख निर्धारण गरिएको थियो । प्रशारणलाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ            आयोजनाको हालसम्म तीन ओटा सुरुङ निर्माण सकिएको छ । ४३७ दशमलव १ मिटर लामो सर्च ट्याङ्क जाने पहुँच सुरुङ साउन १५ गते, २८०।८५ मिटर लामो मुख्य पहुँच सुरुङ असार २ गते र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ गत जेठ २१ गते पूरा भएको छ ।            केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । रासस

बूढीगण्डकीमा २८ अर्ब १८ करोड मुआब्जा वितरण

बूढीगण्डकी आयोजनाका प्रभावितलाई हालसम्म २८ अर्ब रुपियाँभन्दा बढी मुआब्जा वितरण गरिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने सात हजार ८३८ जनाले मुआब्जाबापत २८ अर्ब १८ करोड ३१ लाख ९० हजार रुपियाँ पाएका हुन् ।

प्रभावितलाई चार करोड ६३ लाख मुआब्जा

दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई रु चार करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।

माथिल्लो अरुणका प्रभावितलाई मुआब्जा वितरण

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका कारण विस्थापित हुनेहरूलाई मुआब्जा वितरण गर्न सुरु गरिएको छ । आयोजना निर्माण क्षेत्र भोटखोला–२ र ५ का ३८५ परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण गर्न सुरु गरिएको हो । हालसम्म ११४ परिवारलाई ५३ करोड ४७ लाख १५ हजार ६६२ रुपियाँ मुआब्जा वितरण गरिसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । गत मङ्सिर २६ गतेदेखि सुरु गरी हालसम्म उक्त मुआब्जा रकम वितरण गरिएको हो ।

तनहुँ जलविद्युत्को ७० % मुआब्जा वितरण - Karobar National Economic Daily

दमौली: तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई ७० प्रतिशत मुआब्जा वितरण गरेको छ । योजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि हालसम्म ४६ करोड ५१ लाख रुपैयाँ वितरण…