दोस्रो चरणको महामारी सुरु भएयता मुलुकको विभिन्न सीमा नाकाबाट चार हजार ४०१ नेपाली नेपाल प्रवेश गरेको गृह मन्त्रालयले जनाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी देशभरका दुई हजार २५७ क्वारेन्टाइनमा कुल तीन हजार ४०९ बेड क्षमता रहेको, क्वारेन्टाइन शय्या सङ्ख्या अघिल्लो दिनको तुलनामा २९० वटा बढेको, देशभर उपलब्ध ४१ हजार १५८ अक्सिजन सिलिन्डरमध्ये आठ हजार नौवटा अक्सिजन सिलिन्डर मात्र मौज्दात रहेको विवरण गृह मन्त्रालयबाट प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । यसैगरी उद्योग र निर्माण क्षेत्रबाट एक हजार ४६० अक्सिजन सिलिन्डर मेडिकल प्...