अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिनुभएको छ । एक अमेरिकी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताउनुभएको हो । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी उहाँले दिनुभएको बताइएको छ । यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ– राष्ट्रपति बाइडेनले भन्नुभयो ।