कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।...

सम्बन्धित सामग्री

मञ्जुश्रीको कलङ्की शाखा सञ्चालनमा

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका वडा नम्बर १४, कलङ्कीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ।...

मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चरको बोनस शेयर सूचीकृत

चैत ११, काठमाडौं । शुक्रवार नेप्सेमा दूई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो । मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एनआरएन इन्फ्रास्टक्चरले पनि पुस २९ गतनै सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

चाबहिल र गोंगबुमा मञ्जुश्री

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको चाबहिल तथा गोंगबुमा शाखा सुरु गरेको जनाएको छ।

नेपाल पेमेन्ट सोलुसन्स् मञ्जुश्री फाइनान्स सम्झौता

काठमाडौं (अस) । नेपाल पेमेन्ट सोलुसन्स्ले डिजिटल इकोसिस्टम विस्तारका लागि मञ्जुश्री फाइनान्ससँग सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स्का सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट म्यानेजर सिमन श्रेष्ठ तथा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला र आईटी हेड सुनील शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार मञ्जुश्री फाइनान्ससँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटलगायतका  सेवा उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराएको छ ।

मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा

भदौ ३०, काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आउने भएको छ ।  मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर कात्तिक ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आउन लागेको हो ।  मञ्जुश्री फाइनान्सको शेयरको मूल्य प्रतिकित्ता रू. २७५ र ज्योति विकास बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. १८५ तोकिएको छ । यो शेयर खरीदका लागि कम्पनीहरुका विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिदा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।

रुपन्देहीमा मञ्जुश्री फाइनान्सका ४ नयाँ शाखा एकैदिन विस्तार

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो बार्हौं, तेर्हौं, चौधौं र पन्ध्रौं शाखा एकैदिन संचालनमा ल्याएको छ ।फाइनान्सले रुपन्देहीको मुर्गिया,योगिकुटि, मणिग्राम, र भैरहवामा शाखा खोली कारोबार शुभारम्भ गरेको हो । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखा कार्यालयको उद्घाटन गरेका थिए ।काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र

मञ्जुश्री फाइनान्सले संस्थापक समूहअन्तर्गत सेयर बिक्री गर्ने

काठमाडौँ– मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गत १२ हजार पाँच सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ। संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ। साथै, संस्थापक सेयर खरिदका लागि योग्य […]

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य ३ सय रुपैयाँ

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूह अन्तर्गतको १२ हजार ५८७ कित्ता शेयर बिक्री गरिने भएको छ।