सप्तरी- सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो । जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाउने क्रममा झडप भएपछि मतदान स्थगित गरिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड […]