पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई कम्तीमा चार लेनमा 'एसियन हाइवे' स्तरमा विकास गरिने भएको छ । जसअनुरुप बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिइएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । संसदमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कांकडभिट्टा–लौकही–पथलैया–कमला तथा पथलैया–नारायणगढ सडकको स्तराेन्नती सुरु गरिने बताइन् ।