सदरमुकाममै बन्न नसकेको बहुउद्देश्यीय सभाहल ताराखोला गाउँपालिकाले एक वर्षमा निर्माण गरेको छ । गण्डकी प्रदेश सरकारको १ करोड ६८ लाख र गाउँपालिकाको १ करोड १२ लाख गरी २ करोड ८१ लाख ३६ हजार रुपैयाँमा सभाहल निर्माण भएको हो । सभाहल ५ सय जना क्षमताको छ । यो जिल्लाकै ठूलो हो ।