बागमती प्रदेशको सभाहल : सामान खिया लाग्यो, निर्माणस्थल झाडी बन्यो, भवन बनेन

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका भवन पछाडि एउटा खुल्ला चौर छ । हेटौँडा उपमहानगरपालिकाले नै खुल्ला मञ्चको रुपमा प्रयोग गर्दै आएको उक्त चौरमा अहिले केही निर्माण सामग्री अलपत्र अवस्थामा छन् । नियालेर हेर्दा झाडीभित्र केही रडहरु खिया लागेको अवस्थामा देखिन्छ । केही स्थानमा अग्ला बालुवाका थुप्रा पनि छन्, तर ति बालुवाको थुप्रोलाई पनि झाडीले छेकेको […]

सम्बन्धित सामग्री

चन्दाले बन्यो पुस्तकालय

बागलुङ । विदेशमा बसेका युवाले उठाएको चन्दाबाट बागलुङको गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित सहीद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुनर्निर्माण गरिएको हो । जापानमा काम गर्न गएका युवाले सहयोग संकलन गरेर पठाएपछि जीर्ण भवन भत्काएर पुनर्निर्माण गरिएको वडाध्यक्ष नारायणध्वज मल्लले बताए । पुस्तकालयसँगै युवाले अन्य भौतिक संरचना, उपकरण र स्वास्थ्य सेवाका लागि पनि रकम सहयोग गरेका छन् । गलकोट समाज जापानका युवाले संकलन गरेको ६५ लाखसहित स्थानीय समेतको सहयोगमा १ करोडको लागतमा उक्त तीनतले पुस्तकालय पुनर्निर्माण गरिएको हो । हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रसँग जोडिएको सो पुस्तकालय ऐतिहासिक हो । २००७ सालमा शहीद भएका थिरबम मल्लको स्मृतिमा भरतबम र देवी चैतन्यले स्थापना गरेको सो पुस्तकालयमा ऐतिहासिक पुस्तक छन् । पुस्तकालय इतिहासको साछी भएको स्थानीय बताउँछन् । यहाँ इतिहास, भूगोल र विभिन्न जातजातिको संस्कृति बारेका किताब छन् । भवनको पहिलो तलामा आँखा उपचार केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहल बनाइएको छ ।      नगरपालिका र वडाले इतिहासको गन्तव्य पुस्तकालयको रूपमा विकास गर्न थप सामग्री र इतिहासका अन्य दस्तावेज संकलनको काम समेत गरेको छ । गलकोटस्थित तत्कालीन मल्ल राजाको दरबार, त्यहाँको इतिहासबारे बुझ्न पुस्तकालयमा आवश्यक सामग्री राखिएको देवी बोहोराले बताए । उक्त पुस्तकालयमा अन्य संरचना, प्रशासकीय कक्ष र पुराताŒिवक महŒवका सामान समेत राखिनेछ । भवन जीर्ण भएर उपकरण र पुस्तक हराउन थालेपछि लामो समयसम्म भाडामा घर लिनुपरेको थियो ।