काठमाडौँ– ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर केन्द्रीय अनुसन्धान ब्यूरोले (सीआईबी) सरकारी वकिलको कार्यालय काठमाडौँमा मुद्दा चलाउन प्रतिवेदन बुझाएको छ। अनुसन्धान सकेर सीआईबीले रायसहितको प्रतिवेदन बिहीबार दिउँसो सरकारी वकिलको कार्यालय, काठमाडौँमा बुझाएको सहन्यायाधिवक्ता गंगा प्रसाद पौड्यालले देशसञ्चारलाई बताए। पौड्यालका अनुसार ललिता निवास जग्गा प्रकरणमा ब्यूरोले ३ सय बढीलाई प्रतिवादी बनाउँदै सरकारी लिखित कीर्ते सम्बन्धी कसूरका […]