काठमाण्डौ – पछिल्लो समय वैदेशिक रोजगारीमा अमेरिका, अस्ट्रेलियादेखि युरोप र खाडीका देशमा लाखौँ कमाइ हुने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने क्रम बढेको छ ।
यसरी ठगी गर्नेमा सरकारले खारेज गरिसकेका एजेन्टहरू बढी संलग्न रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा परेको उजुरी पनि वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजतपत्र लिएका म्यानपावरबाट भएको ठगीभन्दा पनि एजेण्टबाट भएको ठगी नै बढी छन् ।
चालू आर्थिक वर्षको फागुनसम्म ६ सय ८६ वटा व्यक्तिगत ठगीका उजुरी विभागमा दर्ता भएका छन् । एजेण्टहरुबाट भएको ठगीलाई वि...