रघुवीर महासेठले प्रतिनिधि छनौटमा मनोमानी गरेको भन्दै प्रदर्शन

नेकपा एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढङ्गले महाधिवेशन प्रतिनिधि छनौट गरेको भन्दै असन्तुष्ट पक्षले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । शनिबार एमालेको प्रदेशका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा पूर्व मन्त्रीसमेत रहेका महासेठको विरुद्धमा जनकपुरधाममा नगर प्रदर्शन गर्दै नाराबाजीसहित प्रदर्शन गरिएको हो ।एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा महासेठले गुटबन्दी गरेकाले उनीविरुद्धमा बाध्यतावश उत्रिनु परेको प्रमुख सचेतक साहले बताए । उनले नेता रघुवीर महासेठले गुटबन्दी गरेको र आसेपा

सम्बन्धित सामग्री

निर्वाचन कमिटीको मनोमानी निर्णय मलाई स्विकार्य छैन् : सुमन कार्की

काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य पदमा उम्मेद्वारी दिएका सुमन कार्कीले आफूलाई थाहा नै नदिई जापानबाट प्रतिनिधित्व गर्नेहरुबीच सहमति भएको भन्ने नाममा निर्वाचन समितिले गरेको निर्णयमा आपत्ति जनाएका छन् । उनले निर्वाचन कमिटीको उक्त निर्णय एकलौटी र मनोमानी ढंगले आएको भन्दै स्विकार नगर्ने बताए । उनले “मैले उम्मेदारी […]

बजेट मनोमानी ढङ्गले बाँडेको कर्णाली प्रदेशसभा सदस्यको आरोप

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा बिनियोजन गरेको आरोप …

त्रिविमा मनोमानी ढंगबाट चलेका नेविसंघ समूह विघटन

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा मनोमानी ढंगबाट सञ्चालित समूहहरूलाई विघटन गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ती जारी गर्दै आ–आफ्नै ढंगबाट अगाडि बढिरहेका समूहहरूलाई विघटन गरेको जनाएका हुन् । नेविसंघ त्रिवि समितिको अधिवेशन गर्नुपर्ने देखिएको भन्दै विश्वविद्यालय क्याम्पसमा सक्रिय सम्पूर्ण समितिहरु आजकै मितिदेखि विघटन गरेको जनाएका हुन् ।  नेपाल विद्यार्थी संघलाई वैधानिक ढङ्गले मूर्त रुप दिन यथाशीघ्र केन्द्रीय प्रतिनिधि खटाइ क्याम्पस अधिवेशन गर्ने प्रतिब

प्रयोगात्मक परीक्षाको मूल्याकंनमा सिएमसीका प्राध्यापकको मनोमानी आरोप

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले प्राध्यापकबाट परीक्षाको मूल्यांकनमा भेदभाव भएको भन्दै असन्तुष्टि जनाएका छन्। डिप्लोमा ३ वर्षे रेडियोग्राफीको ८ सय नम्बरको प्रयोगात्मक परीक्षामा प्राध्यापकले मनोमानी ढंगबाट नम्बर दिएको आरोप विद्यार्थीले...

दन्त स्वास्थ्यका नाममा मनोमानी:  डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन

नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले दन्त स्वासथयका नाममा मनोमानी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

महासेठले महाधिवेशन प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै  जनकपुरधाममा प्रदर्शन

जनकपुरधामः नेकपा (एमाले) का स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले जनकपुरधाममा प्रदर्शन गरेका छन्। शनिबार असन्तुष्ट पक्षले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा नाराबाजी गरेका हुन्। महाधिवेशन प्रतिनिधि छनोटमा महासेठले गुटबन्दी गरेको आरोप असन्तुष्ट पक्षको छ।

कर्मचारी सञ्चय कोषमा मनोमानी, सञ्चयकर्ताको बचतको पैसा मन्दिर बनाउन सहयोग !

विभिन्न सरकारी निकाय, संस्थान र निजी क्षेत्रमा काम गर्ने कर्मचारीको मासिक बचतबाट काटिने सञ्चयकोष रकममा कोष कार्यालयको मनोमानी पाइएको छ । आर्थिक वर्षको अन्तमा कर्मचारी सञ्चय कोषका पदाधिकारीले विभिन्न स्थानमा मन्दिर बनाउनदेखि आफ्नै कर्मचारीलाई प्रोत्साहन भत्ता भन्दै लाखौँ रकम बाँडिएको पाइएको छ । रातोपाटीलाई प्राप्त सूचना अनुसार कोषले आर्थिक वर्षको अन्तिम अर्थात् असार ३० र ३१ गतेको निर्णयबाट आफ्नै कर्मचारीलाई प्रोत्साहन भत्ता र भोजपुरमा मन्दिर बनाउनका लागि समेत आर्थिक सहयोग गरेको पाइएको छ ।&nb